पोक्लाबाङ न्यूज
दमक १८,भदौ / किरात याक्थुङ् चुम्लुङको ३४ औं स्थापना दिवस कियाचु झापा शाखाले भव्यताका साथ सम्पन्न गरेको छ ।
शुक्रवार झापाको विर्तामोड अतिथि सदनमा कियाचु संघीय सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद् १ न.ं प्रदेश अध्यक्ष, कियाचु लिम्बुवान् प्रदेश कार्य समितिका पूर्व अध्यक्ष सह–प्राध्यापक ध्रुवकुमार मेन्याङ्वोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
किरात याक्थुङ् चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा कियाचु झापा शाखाले जिल्ला झापाका ४ जना पूर्व जिल्ला अध्यक्ष र १ जना लिम्बू भाषा शिक्षकलाई सम्मान गरिएको थियो भने ४ जना विद्यार्थीलाई विभिन्न शिर्षकको छात्रवृत्ति प्रदान गरियो । सम्मानित हुनेहरु कियाचु पूर्व जिल्ला अध्यक्ष टेकबहादुर आङ्देम्बे (भरत), टेकबहादुर योङ्हाङ्, भक्त खेवाङ् र पूर्णहाङ् साम्बा र दमकस्थित श्री पृथ्वी मा.वि. मा कार्यरत लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङ्लाई दोसल्ला ओडाएर सम्मानित गर्नु भएको थियो भने झापा जिल्लाका जेहेन्दार ४ जना लिम्बू विद्यार्थीलाई नगद सहित प्रोत्साहन पत्र समेत प्रदान गर्नुभएको थियो ।
खेममाया सिङगक लिम्बू स्मृति अक्षयकोषबाट १० हजार श्री काकडभिट्टा मा.वि. मेचीनगर–६, कक्षा ११ मा अध्ययनरत छात्रा फुङ्सा लिम्बू, कियाचु कल्याणकारी सहयोग कोष–२०६२ बाट ८ हजार श्री बालकल्याण मा.वि. मेचीनगर– ५, कक्ष ५ मा अध्ययनरत छात्रा स्नेहा लिम्बु, कियाचु याक्थुङ् सहयोग कोष–२०६२ बाट जनही ५ हजारको दरले श्री पृथ्वी मा.वि. दमक–७, कक्षा १० मा अध्ययनरत छात्रा आरती लिम्बु र श्री मेहन्द्ररत्न मा.वि. विर्तामोड–३, कक्षा ९ मा अध्ययनरत छात्र विवश लिम्बुलाई नगद सहित प्रोत्साहन पत्र प्रमुख अतिथि मेन्याङ्वो ज्युले प्रदान गर्नु भएको थियो ।
समारोहमा कियाचु संघीय सल्लाहकार जितबहादुर लाओती, कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार धिरेन लाओती, कियाचु संघीय सदस्य अमृत योङ्हाङ्, पूर्व केन्द्रीय सदस्य पूर्ण हाङ्सरुम्बा, पूर्व केन्द्रीय सदस्य राधा सुब्बा, विर्तामोड नगरपालिका ६ का वडाध्यक्ष तथा जिल्ला सल्लाहकार सूर्यप्रसाद कन्दङ्वा, पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला सल्लाहकार टेकबहादुर आङ्देम्बे (भरत), सल्लाहकार लोकबन्धु कन्दङ्वा, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा अध्यक्ष भूमिका फियाक, गौरादह नगर अध्यक्ष राजकुमार माखिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कियाचु ३४ स्थापना दिवस भवयताका साथ सम्पन्न गर्नको निमित्त कियाचु मेचीनगर शाखा, कियाचु विर्तामोड नगर शाखा, कियाचु भद्रपुर, कियाचु दमक नगर शाखा, कियाचु गौरादह नगर शाखा र कियाचु कनकाई नगर शाखाले नगर अध्यक्षहरु क्रमशः धनप्रसाद केरुङ, हिमालयप्रकाश कन्दङ्वा, का.वा. अध्यक्ष मुना इजम, देवेन्द्र चेम्जोङ्, राजकुमार माखिम र प्रेम फोम्बोले केलाङ् समूहको संयोजन गरि ल्याउनु भएको थियो । सो केलाङ् प्रस्तुति बेजोडका साथ मञ्चमा प्रदर्शन गरिएको थियो ।
समारोह शुरु हुनु अगाडि दर्जनौं के र कियाचुको झण्डा फर्फराउँदै नगर शाखाको व्यानर सहित विर्तामोड बजार परिक्रमा गरिएको थियो भने औपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा बेजोड सांगितिक प्रस्तुति समेत रहेको थियो ।
कियाचु जिल्ला सदस्य धर्म लक्सम्बाले ३४ औं स्थापना दिवसको अवसरमा गरिने सम्मान र छात्रवृत्ति कार्यक्रमको वारेमा प्रष्ट्याउनु भएको थियो ।
समारोह कियाचु झापा शाखा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष कालीबहादुर खेवाङ्ले राखेका थिए ।
संचालन जिल्ला सचिव प्रेमचन्द्र लिम्बु र कियाचु मेचीनगर सदस्य ओमप्रकाश खापुङ्ले गरेका थिए ।