३४औं स्थापना दिवस, कियाचु जिल्ला शाखा तेह्रथुमले मनायो

  • सेसेहाङ हुक्पा चोङबाङ

तेह्रथुम, १७ भदौं । लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले ३४ औ स्थापना दिवस शुभ कामना आदान प्रदान एवं छात्रवृद्धि वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

तेह्रथुमको मेयङलुङ बजारमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रम मेयङलुङ नगरपालिकाको प्रमुख सन्जय कुमार तुम्बाहाङफेको प्रमुख आथित्यतामा सम्पन्न गरेको हो ।

कार्यक्रममा कियाचु कल्याणकोष ईजरायलबाट सरस्वती आधारभुत विद्यालयका छात्रा रेनुका आपागाई र सिंहबाहिनी आधारभुत विद्यालयका छात्र सम्झना लिम्बुले १०/१० हजार रुपैयाँ छात्रवृत्ति पुरस्कार प्राप्त गरेका छन् । यस्तै कियाचु सहकोषबाट महेन्द्र मा.वि.आठराई गाउँपालिका २ का छात्रा सम्झना लिम्बू र सिहदेबी मा.वि. लालीगुरास नगरपालिका ६ सुङनाम मंगलबारेका छात्र गंगा प्रसाद सेनेहाङले ५/५ हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नुभएको छ भने देबि बहादुर आङबुङ स्मृति कोषबाट त्रिमोहन मा.वि. का छात्र रोशन इङ्नामले १० हजार प्राप्त गर्नुभएको छ। यसरी नै कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृति सहित्य पुरस्कार यस बर्ष लिम्बू गायिका डेनी इमेहाङ्ले नगद ३० हजार ५ रूपैया प्राप्त गर्नु भएको छ ।

त्यसै गरी नै ३४ औ स्थापना दिवसको अवसरमा स्थानीय तह २०७९ मा निर्वार्चित जनप्रतिनिधि चुम्लुङका पूर्ब सल्लाहकार तथा मेयङलुङ नगरपालिकाको नगर प्रमुख सन्जय कुमार तुम्बाहाङफे, पुर्व जिल्ला सदस्य तथा छथर गाउँपालिका अध्यक्ष सन्तोस तिगेला, चुम्लुङ सल्लाहकार तथा आठराई गाउँपालिका वडा न १ का वडा अध्यक्ष प्रेमराज फोम्बो छथर चुम्लुङ एकाई समितीका अध्यक्ष तथा छथर गाउँपालिका ५ का वडा अध्यक्ष थानाहाङ तिगेलालाई खदा र सम्मान पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा मेयङलुङ नगरपालिकाको प्रमुख सन्जय कुमार तुम्बाहाङफे, मुटुरोग विशेषज्ञ डा. युवराज तेयुङ,आठराइ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रेमराज फोम्बो, चुम्लुङ कर्मि टंकमाया तिगेला, सहकारी तेजमान कन्दङवा, क्याम्पसको तर्फबाट गोविन्द सोदेम्बा, प्रधानाध्यापकको तर्फबाट भुवान सिं चोङबाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्थापना दिवसको अवसरमा लिम्बू विद्यार्थी मञ्चले नृत्य, कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृति सहित्य पुरस्कार बिजेता लिम्बू गायिका डेनी इमेहाङ्ले गीत र स्थानीय साम थाम्देन थाङबेनले लिम्बु भाषाको कविता वाचन गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन जिल्ला शाखा सचिव राजकुमार तेयुङले गरेका थिए ।