किनारीकृत पाठ्यक्रम कक्षा ११ र १२ (लिम्बू भाषा)काे परिमार्जन संशाेधन

  • मलिसा याक्थुङबा
अन्तरिमकाल, २०६६ मंसीर ३० गते अैापचारिक उद्घाटन गरेर नै लिम्बू भाषा कक्षा ११ र १२ काे पठनपाठन प्रारम्भ गरियाे । प्राज्ञ तथा लेखक थाम्सुहाङ पुष्प सुब्बाकाे हस्तलिखित पुस्तक प्रतिलिपिहरू गर्दै पढाइयाे । पाठ्यक्रम थिएन, खाेजियाे । सुक्खिम अनि काठमाण्डाैं चहार्ने काम भाे ।
कुरै कुरामा तत्कालिन चुम्लुङ महासचिव श्री याेगराज वनेमले ”हैन, प्रविणता प्रमाणपत्रका लागि पाठ्यक्रम बनाइएकाे छ । त्याे चलाउँदा के हुन्छ ?” भन्नु भाे । ”के खाेज्छस् काना अाँखाे” भने झैं मलाइ यत्ति धेरै राहत र हर्ष भाे । जुनबेला खुशीले धेरै रमाएका थिएँ । तीन दिन लगाएर उक्त पाठ्यक्रम पाउनु भाे । जुन नमूना पाठ्यक्रम लिएर याम्बाेङ फर्केँ । वास्तवमा याे नमूना पाठ्यक्रम त्रिभूवन युनिभर्जिटिकाे प्राज्ञसभा समेतले पास गरेकाे थियाे ।
”लिम्बूभाषा उच्च माद्यमिक शिक्षा बाेर्ड”काे २०६६ फागुन १८ गते गठित पाठ्यक्रम निर्माण समितिले कियाचु केन्द्रले निर्माण गरेकाे प्रविणता प्रमाणपत्र तहकाे प्रथम वर्षलाइ कक्षा ११ र दाेश्राे वर्षलाइ कक्षा १२ काे तहगत निर्धारण गर्दै प्राप्त कृतिहरूका अाधारमा सामान्य परिमार्जन संशाेधन पहिलाे पटक (२०६७) गरी स्वीकृत गरियाे र तेसैअनुसार पाठ्यपुस्तक निर्माण भै हालसम्म निरन्तर पठनपाठन चल्दैछ ।
दशकाैं व्यथीत पाठ्यक्रम र पाठ्यपुस्तकलाइ ‘विद्यालय शिक्षाकाे राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६’ काे मर्म र समयानुकुल परिमार्जन संशाेधन गर्न अावश्यक रहेकाले बाेर्डबाट ”पाठ्यक्रम परिमार्जन संशाेधन मस्याैदा लेखन कार्यदल” गठन गरी सराेकारवाला विद्यालयका भाषाशिक्षकहरूकाे संलग्नतमा गत २०७९ भाद्र १० र ११ गते मस्याैदा लेखन सम्पन्न भएकाे छ ।
यस पाठ्यक्रममा छत्थरे, फेदापे, तमरखाेले, चारखाेले र पाःन्थःरे भाषा शिक्षक, प्राध्यापक तथा पाठ्यक्रम विज्ञहरूसंगै याक्थुङ् प्रज्ञाप्रतिष्ठान र लिम्बू साहित्य प्रतिष्ठान प्रतिनिधि सम्लग्नताले पाठ्यक्रमलाइ उच्च बनाएकाे महशुस तुल्याएकाे छ ।
ज्ञात रहाेस्, हालसम्म नेपाल सरकारकाे एकपैसा नपाएपनि र सरकारी बजेटकाे दाेहन कुनैले गरि ल्याएतापनि राज्यकाे पैसा नपाउँदा बेखुशीमा छैनाैं । राज्यले हेरून् नहेरून्। हाम्राे अभियान निरन्तर जारी छ ।
हामीलाइ बजेट दिने साेच र सहयाेगकाे अलावा साथीहरूकाे वैधानिक र अवैधानिक सूचनाले अन्याेल बनाइ ‘अाफैं माेजमस्ति गरूँ’ भन्ने स्वार्थीहरू बीचमा वाेर्डकै नीजि खर्चबाट कक्षा ११ र १२ शिक्षाकाे ठूलाे सम्पत्ति निर्माण भएकाे छ । तपाइ यदि लिम्बूभाषाबाट उच्च शिक्षा लिन र भविष्यमा याे प्रदेश नं. १ काे कामकाजी भाषा घाेषणा गर्दा भरथेग गर्न याे अभियानमा सरिक रहन दिलचस्पी अनुराेध छ ।
हाम्राे अभियानमा वहाँहरूकाे तर्कपूर्ण अब्स्टेकल्सः वहाँहरू वैधानिक । कसरी वैधानिक ? नत राष्ट्रिय पाठ्यक्रम प्रारूपमा लिम्बु भाषा विषय लगाउन सके नत काेडनम्बर नै घुसाउन (तहगत ४ र ५ मा लिम्बू भाषा उल्लेख छैन) । हामी संलग्न नभइ पाविकेले पुस्तक छपाए भन्दैमा वैधानिक मान्ने हाे त ? मतलव, हाम्राे अभियानमा तपाइहरू नभएकाले ठूलाे अवराेध बनाउँदै ल्याउनु भएकै हाे, विगतदेखि । हामी दुवै अटेर छाैं । वाैद्दिक वहश छैन । हाम्राे खाेजअनुसन्धान तथा अनुभवहरू सुन्ने पक्षमा छैन । भाषाशाष्त्रकाे सिद्दान्तहरू सुनाउँछन् र भाषाविज्ञानका कुरा । तेसपक्षमा मूर्ख र अन्ध ठान्छन् । के याे समाधान हाे त ? यहि विषयमा कक्षा ११ र १२ मा मैले पढाउँदा प्राप्त ज्ञानहरू चैं वेकामे, भाषाशाष्त्रकाे विरूद्दमा देख्छन् ।
माङ्सेबुङ् गाउँपालिका सरकार र चुलाचुली गाउँपालिका सरकारमा चलाउँदै छ त । अर्काे लिपिमा, नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेकाे शब्दकाेशमा दुवै लेखन प्रचलनहरू समावेश गरेका छन् । दुवै लेखनलाइ वैज्ञानिक र वैधानिक बनाएका छन् । तर एकपक्षलाइ स्थान नदिइ मिचेर लैजानु किनारिकरण गर्नु हाे । नभए किन ति लिपि लेखनहरू शब्दकाेशहरूमा लेख्नु ? निकालेर फाले भाे त ? तसर्थ हाम्राे लेखन पनि वैज्ञानिक र वैधानिक छ भन्ने दावी । पाविके, प्रज्ञा र चुम्लुङले उक्त शब्दकाेशमा रहेकाे एकधारलाइ मात्र प्रयाेग गर्याे भन्दैमा सर्वैसर्वा वैधानिक हाे भनेर स्वीकार गर्न सकिन्न र अर्काेधारलाइ किनारीकरण, थिचाेमिचाे र अपमान गर्दैमा सकिएछ भनेर पनि मान्नुहुन्न । वैधानिक मित्रहरूले नै एकशब्दकाे दुइखाले शब्दकाेशमा राखि दुवैलाइ वैज्ञानिक र वैधानिक बनाउने अनि तेसैभित्र रहेर लेख्नेहरूलाइ अवैधानिक भन्ने स्रष्टा, लेखक, शिक्षाविद्, पाठ्यक्रमविद्, काेशकारहरूकाे स्थुलमा भाषाकाे नवसामन्तवादी साेाच वाहेक अन्य बुझेनाैं। उच्चशिक्षा यात्रामा महभीरकाे रूपमा उभीदिएकाे मानिनेछ । मिहिनरूपमा अनुसन्धानात्मक वहशकाे खाँचाे छ । र ”अाफैं धामी, अाफैं बाेक्सी” नबनाैं । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ काे तहगत ४ (कक्षा ९ र १०) मा लिम्बूभाषा विषय नलगाइञ्जेलसम्म अर्काे अभियान थप गर्ने साेचमा छाैं । तहगत ५ (कक्षा ११ र १२) मा जहिलेसम्म काेडनम्बर प्राप्त हुँदैन, तहिलेसम्मकाे हाम्राे अभियान निरन्तर रहनेछ । याे सुन्दर अभियानमा मनकाे सहयाेग गर्नुहाेस् ।
प्रथमतः किरात याक्थुङ चुम्लुङकाे अथक प्रयासबाट निर्माण गरिएकाे नमूना पाठ्यक्रम (२०५९ साउन १६ र १७) र कियाचु केन्द्र लगायत सबै शाखाहरूलाइ हृदयबाटै धन्यवाद छ । तत्कालिन कियाचुका महासचिवदेखि अध्यक्ष र हाल सल्लाहकार याेगराज वनेमलाइ अन्तरहृदयदेखि नै धन्यवाद। किनकि हामीलाइ जन्म दिएकाे छ ।
समग्रमा कक्षा ११ र १२ काे ”पाठ्यक्रम परिमार्जन संशाेधन मस्याैदा लेखन कार्यदल”मा सरिक हुनुहुने र भाषाशिक्षामा उच्च याेगदान पुर्याउने पाठ्यक्रमविद् तपाइहरूलाइ हार्दिक धन्यवाद दिन चाहान्छु । धन्यवाद ।