शुभकामना ज्वेलरीको एक कार्यक्रमकाबीच उद्घाटन

दमक , ९ भदौ /
केही समय अघि देखि दमकमा सञ्चालनमा रहेको शुभकामना ज्वेलरीको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सामाजिक अगुवा तथा युवा व्यवसायी चन्द्र गजमेर र रेनुका थापाको लगानीमा शुरु भएको ज्वेलरीको आज शुभारम्भ गरिएको हो ।

दमक ६ स्थित शंखधर साख्वा चोक नजिक पुरानो सब्जी लाइनमा सुनचाँदी सम्वन्धि कारोवारको थोक तथा खुद्रा पसलको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र सुनचाँदी व्यवसायी संघ दमकका अध्यक्ष काशी खातीले संयुक्त रुपमा रिवन काटेर पसलको उद्घाटन गरेका थिए ।

कार्यक्रमका सुन चाँदी व्यवसायी संघ अध्यक्ष खाती, दमक नगर पालिकाको कार्यपालिका सदस्य शेर बहादुर गजमेर, सुनचाँदी व्यवसायी संघ दमक सल्लाहकार दुर्योधन ल्वागुन लगायतले शुभकामना मन्तव्य थिए ।

सुनचाँदी व्यवसायी संघ दमकका सचिव समेत रहनु भएका गजमेर र थापाको लगानीमा मौलिक गरगहना र आधुनिक गर गहना खरिद विक्री गरिने शुभकामना ज्वेलरीले जनाएको छ ।