- पोक्लाबाङ न्यूज
कमल ९ भदौ / किरात याक्थुङ् चुम्लुङ् कमल गाउँ पालिका वडा न ४ को वडा अधिवेशन भव्यताका साथ आज सम्पन्न भएको छ ।
सो अधिवेशनले प्रल्हात खेवाहाङको अध्यक्षतामा १९ सदस्यीय कियाचु वडा कार्य समिति चयन गरेको छ । जसमा समितिको उपाध्यक्षमा पद्मा सेन्दाङ्, सचिवमा गंगा लाओती, सह–सचिवमा बल बहादुर खेवाहाङ र कोषध्यक्षमा राधिका केरुङ निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः तिलकचन्द्र लाओती, ऐजनसिं लाओती, रोहित लाओती, गगन लाओती, रमेश कुमार फियाक, लिला लिम्बु, शान्ति साम्बा, गणेश लाओती, टिका लाओती, मानबहादुर लाओती, रुद्र लाओती, टेकेन्द्र फियाक, एनबि लिम्बु र कुमारी लाओती रहेका छन् ।
अधिवेशनमा संघीय सदस्य चन्द्रकला सुब्बा, कियाचु कमल गाउँ शाखा उपाध्यक्ष मनकुमार थलङ्, सचिव इन्द्रबहादुर सोदेम्बा लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशन भिमबहादुर लाओतीको अध्यक्षमा सम्पन्न भएको थियो ।