काठमाडौ ४ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को छायाँकन सम्पन्न भएको छ ।
शनिबार काठमाडौमा सम्पन्न भिडियोको निर्देशन नरेश वनेम फागोले गरेका हुन । सागर केरुङको शब्द र नरेश वनेम फागोको लय संकलन रहेको पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका छन ।
कृष्ण थलङको छायाँकन, झरना लिम्बुको शृङ्गार र मोनि ताम्लिङको एरेन्ज रहेको पालामलाई शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेका हुन ।
याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिने भिडियोमा लक्ष्मी योङ्हाङ, डिआर हाङ्सरुम्बा, निरन्ता नेम्बाङ, जेपि नेम्बाङ, तिया कन्दङ्वा, नितुरानी नेम्बाङ, गोमा लिम्बू, यादन सेर्मा, सम्भु फोम्बो र नरेश वनेमले अभिनय गरेका छन ।