- पोक्लाबाङ न्यूज,
दमक, भदौ / दमक नगरपालिका वडा नम्बर १ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन दर्ता धनीपुर्जाको प्रारम्भिक निस्सा वितरण गरिएको छ ।
विहिवार नवदुर्गा मन्दिरको परिसर सभाहलमा दमक नगरपालिका वडा नंं १ को आयोजना तथा दमक नगरपालिकाको सहकार्यमा एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाई तथा राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेको उपस्थिति वडा भित्र रहेका ८४७ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई प्रारम्भिक चरणको धनीपूर्जाको निस्सा वितरण गर्नु भएको हो ।
दमक वडा नम्बर १ का वडा अध्यक्ष हरि प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।