- सेसेहाङ हुक्पा चोङबाङ
फेदाप , २९ साउन / तेह्रथुमको सुन्दर पर्यटकीय क्षेत्र इसेबुङमा लिम्बुहरुको बाजा के (च्याब्रुङ) को स्तम्भ तथा साँस्कृतिक संग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद फेदाप , इसेबुङको अगुवाइमा इसिबुमा निर्माण भइरहेको उक्त स्तम्भ र संग्रहालय आगामी चासोक तङनाम २०७९ को अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ह्यात्रुङ झरनाको आकर्षणसंगै यो च्याब्रुङ स्तम्भले इसेबुङमा पर्यटकीय आकर्षणको एउटा इटा थपिएको छ । के अर्थात च्याब्रुङ लिम्बुहरुको मौलिक बाजा हो । यो बाजा लिम्बू संस्कृतिको शुभ कार्यहरू बिबाह, घर बसाइ तथा विभिन्न उत्सवहरुमा नाच्दै बजाउने प्रचलन रहेको छ ।
इसेबुङ स्थित देश बिदेशमा रहनु भएका समाजसेवी व्यक्तित्वहरुको सहयोगमा करिव २० लाख बराबरको लागतमा निर्माणाधिन स्तम्भ र संग्रहालयको अभियान संयोजक चइनध्वज फोम्बोले संयोजन गरिरहनु भएको छ ।