तेह्रथुम / पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापले आफ्नो कार्यालय संचालनमा ल्याएको छ ।
शनिबार फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा बिगत एक बर्ष अघि दर्ता भएको संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप कार्यालय संचालनमा ल्याईएको हो।
पुरानो फेदापमा रहेका १८ थरी लिम्बुहरु मुसाहाङ, हुक्पा चोङ्बाङ्, खापुङ, लुम्फुङ्वा, सिङ्गक, तेयुङ, निङ्लेखु, पङ्याङ्गु, हाङ्स्रोङ्, पाहिम, कुरुम्बाङ, तुम्बाहाङ्फे, पाङ्गेन्हाङ, चिक्खुबुङ, पङ्धाक, आङ्बुङ्, सङ्बाङ्फे र हुक्पा मादेम्बाको प्रतिनिधिमुलक साझा संस्था पोक्लाबाङ यक माङगेना लुङधुङ थामरुङ फेदाप स्थापना भएको छ ।
लिम्बू जातिको माङ्गेन्ना यकसंग जोडिएका विभिन्न ऐतिहासिक, पुरातात्विक स्थल गढहरु तथा साँस्कृतिक, भाषिक, साहित्यिक संरक्षण प्रबर्द्धन साथै पर्यटन बिकास एवंम् सामाजिक क्षेत्रहरुमा कार्य गर्ने उदेश्यले कार्यालय संचालनमा ल्याएको अध्यक्ष सेसेहाङ हुक्पा चोङ्बाङ्ले वताए ।
दर्ता पछि यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ ।