काठमाडौ : राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।
काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ तदर्थ समिति गठन गरेको हो ।
भेलाले दिलकुमार लिम्बूको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सदन राई, आशिष चौधरी, उपाध्यक्षमा अशलीमाया तामाङ, महासचिवमा जितेन्द्र बलामी चयन भएका छन् ।
त्यसैगरी सचिवमा क्रमशः विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर चयन भएका छन् । त्यस्तै गरी कोषाध्यक्षमा विनुका शेर्पा र सह–कोषाध्यक्षमा युनिल राई चयन भएका छन् ।
निर्वार्चित सदस्यहरुमा क्रमशः सुजित चौधरी, विकाश श्रेष्ठ, नविद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु चयन भएका छन् ।
भेलाले कृष्टि रोका मगरको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सदस्यमा विजय मोक्तान र गौतम बुढामगर रहेका छन् ।
हाल तदर्थ समितिको रुपमा गठन गरिएको महासंघले आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिए ।
अध्यक्ष लिम्बूका अनुसार महासंघमा ८ भन्दा धेरै जातिय कर्मचारी संगठनहरु आवद्ध रहेका छन् ।