- इछिङ्सा सङबाङफे
दमक ३ असार / लिम्बू मुन्धुमी मिथकमा आधारित सिमिक्वा चरीको मिथकमा प्रस्तुत गरिएको नाटक ‘सिमिक्वा’ मञ्चनको औपचारिक समापन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
दमक ९ स्थित कदम थिएटरमा समाजसेवी/यूवा उद्यमी कियाचु राष्ट्रिय समिति हङकङ पूर्व अध्यक्ष त्रिभूवन लुङफुङ्वाको प्रमुख आतिथ्यतामा कदम थिएटर दमकमा मञ्चन गरिएको लिम्बू भाषाको नाटक ‘सिमिक्वा’को औपचारिक समापन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लिम्बू भाषाको नाटक ‘सिमिक्वा’का कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो ।
याक्थुङ प्रज्ञा–प्रतिष्ठान नेपाल उपकुलपति/समालोचक लछामी सेर्मा पापो, कदम थिएटर सचिव/पत्रकार कमन देवान, राजनीतिककर्मी कान्छा लाओती, माङ्सेबुङ गाउँपालिका वडा नं. ५ लिम्बू भाषा सचिव कर्मचारी सुनिल सेर्मा नोसाङ, निर्देशक वनेम विक्रम फागो लगायतले मन्तव्य राखेका थिए ।
लिम्बू भाषाविद सेसेमी सेनाल्बो, संचारकर्मी आन्छुमे नसान, मन कुमार गदाल, याक्थुङ मुन्जइत चोक सयङ १ नं.प्रदेश अध्यक्ष भूपेन्द्र तुम्बाहाङ्फे, कोषाध्यक्ष अनिस लाओती समेतको उपस्थिति रहेको थियो ।
दमक ९ स्थित कदम थिएटरमा असार २७ देखि मञ्चन भइरहेको नाटक ‘सिमिक्वा’ असार ३२ सम्म मञ्चन गरिएको लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ प्रत्येक साँझ ५ बजेदेखि मञ्चन गरेको थियो ।
चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा विक्रम फागो वनेम र चेतन आङथुपोको परिकल्पना तथा निर्देशन रहेको नाटक हेर्नको लागि २ सय ५०, पाँच सय र एक हजारको टिकट रहेको थियो ।
करिव ५० मिनेटको नाटक ‘सिमिक्वा’को कथा संकलन शिवकुमार श्रेष्ठले गरेका हुन् भने, नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् ।
लिम्बू कल्चरल मिथक, मुन्धुम, सभ्यता र संस्कृति सौन्दर्यको खोजी गरिएको नाटकमा मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतले अभिनय गरेका छन् ।
नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लाओतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लाओतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्लीश्वर मुसाहाङ अम्याङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।
कार्यक्रम चुलाचुली रंगमञ्च अध्यक्ष/निर्देशक चेतन आङ्थुपोको अध्यक्षतामा सम्पन्न भएको छ ।