लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा नतिजा सार्वजनिक

  • मुसाहाङ अम्याङ्सा

दमक, ३ असार / लिम्बू भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परीक्षा नतिजा सार्वजनिक गरेको छ ।

सोमबार शैक्षिक सत्र २०७८ को लिम्बू भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बू भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ ।

यस बर्ष पूर्वको इलाम, पाँचथर र ताप्लेजङमा लिम्बू भाषाको परिक्षा भएको थियोे । पाँचथर पृथ्वी माबि यासक, खलंगाटार मा.बि याङनाम, सत्यहाङमा मा.बि., इम्बुङ ताप्लेजङको सेवा मा.बि. फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती मा.बि. माङ्सेबुङ केन्द्रमा परीक्षा सम्पन्न भएको थियो ।

लिम्बू भाषा कक्षा १२ को नियमित, आंशिक, प्राइभेट र कक्षा ११ को नियमित, आंशिक, प्राइभेट परिक्षाको सिम्बोल नम्बर सहित नतिजा प्रकाशन भएको सत्यहाङमा माबि कक्षा ११ र १२ का लिम्बू भाषाको सहजकर्ता शेरबहादुर लिम्बुले जनाए ।