यासेलीको निर्देशनमा लिम्बू भाषाको नाटक ’सिसेक्पा’ मञ्चन

काठमाडौ, १ साउन /  लिम्बू भाषाको नाटक ’सिसेक्पा’ मञ्चन भएको छ ।

आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाई सागर केरुङ्ले लेखेको हुन । किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पा नाटक यासेली योङ्हाङ्ले निर्देशन गरेका हुन ।


लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को विषयवस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र विवेक बेघा लगायतले अभिनय गरेका थिए ।