सागरको निर्देशनमा लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ’ को छायाँकन सम्पन्न

  • पोक्लाबाङ न्यूज ,

दमक / निर्देशक सागर केरङको निर्देशनमा लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ’ को छायाँकन सम्पन्न गरिएको छ ।

सागर केरुङको शब्द, शिवकुमार सङबाङ्फेको लय संकलन रहेको पालाम ‘साम्योक्लुङ’ लाई शुक्रबार काठमाडौको विभिन्न स्थलहरुमा छायाँकन गरिएको हो ।

गायीका थोक्फेला लिङ्देन, शृजना जबेगु, गायक शिवकुमार सङबाङ्फे र बिवस नेम्बाङको आवाजमा सजिएको पालाममा आशिष लिङ्देन, मनमाया लिम्बु, थोक्फेला लिङ्देन, बिवस नेम्बाङ, नितु नाल्बो, जेपि नेम्बाङ, लोकमाया पालुङ्वा, तानाम्तान्छो लाओती, आशा लाओती, अनिश सेलिङ लिम्बू, नेहा लिम्बु, शिव सङबाङ्फे लगायतले अभिनय गरेका छन ।

कृष्ण थलङको छायाँकन, सुनिता किरातीको मेकअप, श्याम लिम्बुको एरेन्ज रहेको पालामलाई थोक्फेला लिङदेन अफिसियल युट्यरुव च्यानलबाट सार्वजनिक गरिने निर्देशक सागर केरुङले बताए ।