विराटनगर । प्रदेश नम्बर १ सरकारले प्रदान गर्दै आएको नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार –२०७९ बाट पान्थरका मधुराज केरुङ र इलामका चेतन आङथुपो पुरस्कृत तथा सम्मानित भएका छन ।
मंगलबार प्रदेश–१, का मूख्यमन्त्री राजेन्द्र राईको हस्तवाहुलीबाट पान्थरमा रहेर कला, साहित्य र चलचित्र क्षेत्रमा योगदान पु¥याई रहेका साहित्यकार तथा कलाकार केरुङ र इलामको चुलाचुलीमा रहेर डेढ दशक भाषा, साहित्य तथा रंगमञ्चमा निरन्तर योगदान गरिरहेका स्रष्टा आङ्थुपो पुरस्कृत तथा सम्मानित भएका हुन् ।
प्रदेश–१, सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदान गर्ने सो पुरस्कारबाट प्रदेश १ भित्रका भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउदै आईरहेका प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डा.गोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा.केआर खम्बु (झापा) रहेका छन् ।
यस्तै प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट मनु मञ्जिल (सुनसरी), गोबद्र्धन तामाङ (उदयपुर), बिजय श्रेष्ठ (इलाम), भरत गुरागाईं (मोरङ), ममता गिरी (सुनसरी), गोपाल देवान (सुनसरी), बीर बहादुर लाप्चा (इलाम), हरि कट्टेल (सोलुखुम्ब), मानसिंह थुलुङ (इलाम), महेन्द्र राई (सुनसरी), जयन्तीरमण कण्ठ (सुनसरी) र नवराज वर्तमान (भोजपुर) सम्मानित भएका छन् ।
यसैगरी नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कारबाट केरुङ र आङथुपोसँगै लीला अनमोल (झापा), यसोदा कुमारी लम्साल (सुनसरी), र बिमला चिमोरिया (झापा) सम्मानित तथा पुरस्कृत भएका हुन् ।