पोक्लाबाङ न्यूज/ लिम्बू भाषाको नाटक ‘सिमिक्वा‘ मञ्चन हुने भएको छ ।
झापाको दमक स्थित कदम थिएटर दमकको हलमा चुलाचुली रंगमञ्च इलामको प्रस्तुती रहेको लिम्बू मिथकमा आधारित ‘सिमिक्वा’ नाटक यहि असार २७ गतेदेखि ३० गतेसम्म मञ्चन हुने भएको छ । नाटक असार २७ गते दिउँसो ४ बजेदेखि कदम थिएटरमा मञ्चन हुने निर्देशक वनेम बिक्रम फागोले वताए ।
‘सिमिक्वा’ नाटकको परिकल्पना तथा निर्देशन विक्रम फागो, चेतन आङ्थुपोको रहेको छ । कथा संकलन लेखक शिवकुमार श्रेष्ठको कथालाई नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् ।
नाटकमा कलाकारहरु मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (येवा), शिखर लाम्गादे (च्याउ,चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतको अभिनय रहेको छ ।
नाटक हेर्नको लागि टिकट दर रु २५० र रु ५०० को टिकट रहेकोे छ ।