श्रेयसी चेम्जोङको आवाजमा ‘आमा’(फिमेल भर्जन) सार्वजनिक

पोक्लाबाङ न्यूज । लोकप्रिय गायिका श्रेयसी चेम्जोङ लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘आमा’को (फिमेल भर्जन) सार्वजनिक गरिएको छ ।

गीतकार दीपा राई पुनको शव्द भावहरुमा संगीतकार डि.आर.अटुको संगीतमा सजिएको गीत ‘आमा’को(फिमेल भर्जन) गीतकार दीपा राई पुन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गीतलाई लिम्दुमी क्रिएशन स्टुडियोमा रेकर्ड गरिएको हो ।

जन्म दिने आमाको माया ममता पिडा र अभाव आवश्यकतालाई बोध गरेर शव्द संयोजन गरि तयार परिएको गीतको भिडियोलाई सुमन मगरले तयार पारेका छन् ।

हेर्नुहोस भिडियो …