सुनिता र व्रविमको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

दमक / लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र लोकप्रिय गायक व्रविम सेर्माको सुुमधुर आवाजमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको गीत ‘इक्सादिङ खाम्बेक’ लिप्सिङ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई योगेन मुकारुङले रेकर्ड गरेका हुन् भने, मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियोमा अंग्रेजी सवटाईटल अनुवाद डिबी आङबुङले र छायाँकन मनोज राईले गरेका हुन् ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=De0B5mvy3ZA