काठमाडौं, १० असार / आदिवासी लिम्बू जातिको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंको पुलिस क्लबस्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा ‘केसाम’को रेकर्डिङ गरिएको हो । बहुप्रतिभाशाली युवा निर्देशक सागर केरुङ्द्वारा लिखित कृति ‘सक्सा नु पेन्युक’ मा समाविष्ट केसामलाइ गोविन्द आङ्बुङले लय संकलन गरेका हुन ।
उक्त लयलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषदले निर्माण गरेको हो । गायिका निरन्ता नेम्बाङ र शिव सङबाङफेले स्वर दिएका छन् भने संगीत संयोजन अशोक लोहोरुङ्ले गरेका हुन् ।