माङसेबुङ । इलामको माङ्सेबुङ–५ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयमा लिम्बू भाषा कक्षा ११ को परिक्षा आज सम्पन्न भएको छ ।
शुक्रबार इलामको माङ्सेबुङ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ को परिक्षा सफलतापुर्वक सम्पन्न भएको परिक्षामा झापा, इलाम, धनकुटा, सुनसरी, पान्थर, मोरङ लगायतका ५५ जना परीक्षार्थीहरुले सहभागी जनाएको भाषा शिक्षक दिलवीर सेर्मा साम्जिरी सेमीले बताए ।
पुर्वको ताप्लेजङ, पान्थर, इलाम तीन जिल्लाहरुमा लिम्बू भाषाको परीक्षा हुदैछ । यसैगरी पान्थरको पृथ्वी माध्यमिक विद्यालय यासक, खलंगाटार माध्यमिक विद्यालय याङनाम, सत्यहाङमा माध्यमिक विद्यालय इम्बुङ, ताप्लेजङको सेवा माध्यमिक विद्यालय फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती माध्यमिक विद्यालय माङ्सेबुङ लगायत परिक्षा केन्द्रमा परिक्षा भएको भाषा शिक्षक सेर्माले बताए ।
लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको परिक्षा तालिका अनुसार आज कक्षा ११ को लिम्बू भाषा र साहित्य विषयको परिक्षा सम्पन्न भएको छ । हिजो बिहिबार कक्षा १२ को परिक्षा सम्पन्न भएको भियो ।