पान्थर मिक्लाजङ गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशन

  • योगेस लाओती

मिक्लाजङ , १० असार / कृषि, पर्यटन र पूर्वधार, समृद्ध मिक्लाजङको आधार भन्ने नाराका साथ पान्थरको मिक्लाजङ गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशन आज सम्पन्न भएको छ ।

मिक्लाजङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० को प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशनमा प्रस्तुत गरेको बजेट गाउँसभाबाट कुल ६२ करोड ३९ लाख १३ हजार पाँच सय ४० रहेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ, खानेपानी, सिंचाइ, र पुर्वाधार क्षेत्रमा बिशेष जोड दिएको छ ।

आ.व.२०७९/८० को कुल आय संघीय सरकार तथा प्रदेश सरकारमार्फत प्राप्त हुने वित्तिय समानीकरण अनुदान, राजस्व बाँडफाँड, शसर्त अनुदानतर्फ चालु तथा पुँजीगत अनुदान, बिशेष अनुदान, समपुरक अनुदान र गाउँपालिकाको आन्तरिक स्रोत अनुमान सहित ६२, करोड ३९ लाख १३ हजार पाँच सय ४० रुपैयाँ बजेट प्रक्षेपण गरिएको छ । जसमध्ये शसर्त अनुदान चालु ३९ करोड ७६ लाख ५९, हजार रुपैयाँ रहेको छ ।