लिम्बू भाषा कक्षा १२ को परिक्षा सम्पन्न

  • पोक्लाबाङ न्यूज

दमक , ९ असार /  इलामको माङ्सेबुङ–५, मा लिम्बू भाषा कक्षा १२ को परिक्षा आज सम्पन्न भएको छ ।

बिहिवार लिम्बू भाषा कक्षा १२ को परिक्षा सरस्वती माध्यमिक विद्यालयमा सफलतापुर्वक सम्पन्न भएको हो । परिक्षामा झापा, इलाम, धनकुटा, सुनसरी, पान्थर, मोरङ लगायतका ३० जना परीक्षार्थीहरु सहभागी भएका थिए ।

पुर्वको ताप्लेजङ, पान्थर, इलाम तीन जिल्लाहरुमा लिम्बू भाषाको परीक्षा हुँदैछ । यसैगरी पान्थरको पृथ्वी माध्यमिक विद्यालय यासक, खलंगाटार माध्यमिक विद्यालय याङनाम, सत्यहाङमा माध्यमिक विद्यालय याम्बोङ, ताप्लेजङको सेवा माध्यमिक विद्यालय फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती माध्यमिक विद्यालय माङ्सेबुङ लगायत परिक्षा केन्द्रमा परिक्षा भएको भाषा शिक्षक दिलबीर सेर्मा (साम्जिरी सेमी)ले बताए ।

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परिक्षा तालिका अनुसार आज कक्षा १२ को परिक्षा सम्पन्न भएको छ । यसैगरी भोलि शुक्रबार कक्षा ११ को परिक्षा हुने जनाइएको छ ।