‘ए मेरो हजुर ४’ दक्षिण कोरियामा प्रर्दशन हुने

दमक  / कोरोनाको कारण लामो समयसम्म कुनै पनि चलचित्र प्रदर्शन हुन नसकेको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ दक्षिण कोरियामा प्रर्दशन हुने भएको छ ।

आगमी जुन २६ तारीक (आईतबार)को दिन उमसङ जिल्ला स्थित मुगुक सहरमा प्रदर्शन हुने भएको हो । उमसङ नेपाली समाज र हिमालयन फुटबल क्लवको संयुक्त आयोजनामा क्लवको आर्थिक सबलीकरणका लागि यो चलचित्र प्रदर्शन गर्न लागिएको हो । यस कार्यक्रममा फिटनेस नेपाल हिमालयण एफ.सी., नेपाली एण्ड थाई रेष्टुरेण्ट, सोफिया टी भी कोरिया स्पोन्सर पाट्नर रहेका छन् । चलचित्र मुगुक स्थित पुरानो बस टर्मिनल छेउमा रहेको मुगुक् सिजाङ् खोगेक छिवन सेन्थको हलमा दिउसो १२ बजे र ३ बजे गरि दुई शो प्रदर्शन गरिने सह निर्माता समेत रहेका सरोज सुव्वाले बताए ।

आयोजकको तर्फबाट छोटो बधाई तथा सम्मान कार्यक्रम गरि सन्तोस लामाको नृत्य कला पनि प्रस्तुत गरिने जनाएको छ । हाल सम्म बिभिन्न संघसंस्था, रेष्टुरेण्ट र फुटबल क्लवहरुमा २ सय ५० वटा भन्दा बढि टिकटहरु बितरण गरि सकेको टिमका म्यनेजर सरोज अधिकारीले बताए ।

गत तीन वर्ष अगाडि पनि संस्थाले ‘ए मेरो हजुर ३’ सफलता पूर्वक प्रर्दशन गरेको थियो । अहिले भने कोरिया भरिमा नै सबै भन्दा पहिले प्रदर्शन गरिने भएकोले दर्शकको बाक्लै उपस्थिति रहनेमा आयोजक आसावादी रहेको छ ।