रेणु र विशालको उपचारार्थ आर्थिक सहयोगको अपिल

पोक्लाबाङ न्यूज  /  झापाको दमक ७ पाथीभरा टोल निवासी दूवै मृगौला खराब भई नोवेल मेडिकल कलेज विराटनगरमा उपचार गराई रहेकी रेणु सन्तराजको लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

बुधबार पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि विरामी रेणुका श्रीमान बिन्देश्वर सन्तराज र छोरा मुकेश सन्तराजले विरामी रेणुलाई बचाउन देश बिदेशमा रहेका मनकारी, सहयोगी सर्वसाधारण सवैमा अर्थिक सहायोगको लागि अपिल गरेका हुन् ।

झापाको दमक बजारमा ४० वर्ष देखि ढुंगाको जातो, सिलौटो लगायका बिभिन्न आकृतिका घरायसी सामाग्री कुदेर जिवीका पार्जन गर्दै आएकी रेणुको मृगौला प्रत्यारोण गर्न करिव ४० देखि ५० लाख खर्च लाग्ने भएकोले घरको जायजेथा पनि यस अघि नै विरामीको उपचारमा सकि सकेकोले परिवार आर्थिक समस्यामा परेको हो । पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर भएकै कारण मृगौला प्रत्यारोपणमा लाग्ने रकम परिवारबाट धान्न नसक्ने भएपछि सहयोगी मनहरुमा सहयोगको अपिल गरेको बिरामीका छोरा मुकेश सन्तराजले बताए ।

रेणु विरामीको सहयोगको लागि
श्रीमान : बिन्देश्वर सन्तराज
छोरा : मुकेश सन्तराज
सपर्क न. : ९८४१८१८८१५/९८१४३६८७५९
प्राईम कमर्सियल बैक, दमक शाखा
बैंक खाता नं. 03501810CA

त्यस्तै गरी झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगका लागि आज दमकमा पत्रकार सम्मेलन गरेको छ ।

२८ वर्षिय राई विगत १ वर्ष भन्दा अगाडी देखी सिकेलसेल एनेमिया ( शरीरमा रगत उत्पादन नहुने ) रोगका कारण विरामी हुनुहुन्छ । वहाँको अहिले काठमार्डौ स्थित सिभिल हस्पिटल मिनभवनमा उपचार गराई रहनुभएको वताए ।आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राईको सहयोगका लागि ३० देखी ३५ लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ । अहिले सम्म भाईको उपचारमा ४ देखी ५ लाख सम्म खर्च भएको र अब आफुसंग भाईको उपचार गर्न आर्थिक अवस्था नभएका कारण विरामीका दाई धिरज राईले सबै सँग सहयोग गरि दिनु हुन अपिल गर्नु भएको छ ।

विशाल विरामीको सहयोगको लागि
दाई : धिराज राई
सेन्चुरी बैंक खाता नं. ०५७०००१५३०c५

संयोजक ः वल बहादुर राई
९८२४९०२७२०
विशाल दुमी राई बचाउ अभियान समिति दमक