माङसेबुङ । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ ।
गायक एकान्त आङदेम्बे लिम्बू र गायीका सुनिता लावती लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘हौ फोवामे’ को भिडियो गायीका सुनिता लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
कोरियोग्रफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा इसिका जबेगु लिम्बू र आशिस लिम्बूद्वारा अभिनित भिडियोमा छायाँकन मुकेश हुमागाईले गरेका छन् ।
छाडेर गएकी श्रीमतीको यादमा टोलाएर बसेको एक युवकको प्रेम कथालाई प्रस्तुत गरिएको भिडियोमा कविता तोलाङगीको मेकअप, मु्स्कान ओली, सिरिस खड्का र नविन तोलाङगीको लाईट र अनिल रानाको सम्पादन रहेको छ ।
पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
हेर्नुहोस भिडियो …