दमक/ विगत १२ वर्ष अगाडी स्थापना भएको पत्रकार मञ्च दमकको आठौ अधिवेशन सम्पन्न भएको छ । स्थापना कालदेखि अधिकतम समय प्रेस चौतारीले नेतृत्व गर्दै आएको पत्रकार मञ्च दमक झापामा यो पटक भने नेतृत्व अर्कै संगठनको पोल्टामा गएको छ ।
प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष कमन देवान याक्खा यो पटक मञ्चको नेतृत्वमा आउनु भएको छ । यस्तै यो पटक मञ्चमा संघीय लिम्वुवान पत्रकार मञ्च र मिडिया नेपालका साथमा प्रेस चौतारीको पनि सहभागीता छ ।
नव गठित समितिको अध्यक्षमा प्रेस मञ्चका कमन देवान, प्रेस चौतारीका तर्फबाट गीता ढुङ्गाना उपाध्यक्षमा चयन हुनु भएको छ । यस्तै गरी सचिवमा प्रेस चौतारीका उमानाथ भण्डारी, सह सचिवमा प्रेस मञ्चका धन बहादुर थेवे र कोषाध्यक्षमा प्रेस चौतारीकै तर्फबाट जीवन चुँडाल चयन हुनु भएको छ । यस्तै कार्य समिति सदस्यहरुमा प्रेस मञ्चबाट सदस्यहरुमा डिल्लीश्वर मुसाहाङ अम्याङ्सा र सविना राई चयन हुँदा संघीय लिम्वुवान पत्रकार मञ्चको तर्फबाट गंगामाया बेगा चयन हुनु भएको छ । त्यस्तै गरी प्रेस चौतारीको तर्फबाट सृष्टि गुरागाई,दिलिप घिमिरे र टिकाराम विश्वकर्मा चयन हुनु भएको छ ।
२ वटा आयोग पनि गठन
शनिबार भएको ८ औ अधिवेशन तथा १२ औ साधारणसभाले मञ्चमा दुईवटा विभाग पनि गठन गरेको छ । जसमा अनुशासन आयोग र लेखा आयोग गठन गरेको छ । अनुशासन आयोगको संयोजकमा प्रेस चौतारीको तर्फबट गोपाल झापाली रहनु भएको छ भने दुई सदस्यमा संघीय लिम्वुवान पत्रकार मञ्च र प्रेस चौतारीका एक /एक जना सदस्यहरु रहेका छन् । मञ्चका तर्फबाट सेसेमी से–नाल्बो र चौतारीको तर्फबाट छविलाल दवाडी रहनु भएको छ ।
यस्तै लेखा आयोगको संयोजकमा मिडिया नेपालका सान नेपाल संयोजक रहनु भएको छ भने अन्य दुई जना सदस्यहरु प्रेस मञ्च र प्रेस चौतारीका तर्फबाट एक/एक जना रहेका छन् । मञ्चका तर्फबाट सङसेमी माङयुङ र चौतारीका तर्फबाट लक्ष्मी अधिकारी चयन हुनु भएको छ ।