झापा जिल्लाका याक्थुङ्/लिम्बू नव निर्वाचित जनप्रतिनिधिहरुलाई कियाचु झापाद्धारा सम्मान

  • मुसाहाङ अम्याङ्सा

दमक, जेठ / स्थानीय तहको निर्वाचन–२०७९ मा निर्वाचित झापा जिल्लाका याक्थुङ्/लिम्बू जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार झापाको दुधेस्थित भू.पू.सैनिक सभाहलमा किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाको आयोजनामा किरात याक्थुङ् चुम्लुङ् संघीय उप–महासचिव डा. योगेन्द्र पालुङ्वाको प्रमुख आतिथ्यतामा एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष, १६ वडा अध्यक्ष, २९ वडा सदस्य गरी ४७ जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख मेघाहाङ् थोप्रा (रोशन), हल्दिवारी गाउँ पालिका गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन लगायत १६ वडा अध्यक्ष र २९ वडा सदस्यहरुलाई सम्मान–पत्र प्रदानद्वारा सम्मान गरेको थियो ।

कार्यक्रममा कियाचु संघीय सल्लाहकार तथा कियाचु पूर्व केन्द्रीय सदस्य तुम्याहाङ् जितबहादुर लाओती,शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेघाहाङ् थोप्रा (रोशन), किरात याक्थुङ् चुम्लुङ संघीय सदस्य अमृत योङ्हाङ, राष्ट्रिय चुम्लुुङ् सदस्य जनबहादुर चवेगु, विर्तामोड नगरपालिका वडा न. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिवसताक्षी नगरपालिका वडा नं.१ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ, शिवसताक्षी नगरपालिकावडा नं. ७ का वडाध्यक्ष भुवानी विक्रम चेम्जोङ्, शिवसताक्षी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष डिल्लीलाल फेम्बु, शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्बो, बाह्रदशी गाउँपालिका वडा नं. ६, का वडाध्यक्ष रत्न प्रकाश योङ्हाङ्, कमल गाउँपालिका वडा नं.२ का वडाध्यक्ष अशोक आङ्देम्बे, कियाचु लिम्बुवान कार्य समिति सचिव इक्साहाङ् चेम्जोङ्, मेचीनगर वडा नंं ७ की वडा सदस्य तथा कियाचु मेचीनगर नगर शाखाकी कोषाध्यक्ष मिनमाया लिम्बू सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाका अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा कियाचु झापा शाखाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राख्नुभएको थियो कियाचु जिल्ला सचिव प्रेमचन्द्र इङवारम लिम्बूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

लिम्बू नगरप्रमुख र गाउँपालिका अध्यक्ष
०१. नगर प्रमुख मेघाहाङ् थोप्रा शिवसताक्षी नगरपालिका, झापा
०२. अध्यक्ष रविन्द्र लिङ्देन हल्दिबारी गाउँपालिका, झापा

लिम्बू वडाध्यक्षहरु
०१. वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा लिम्बू विर्तामोड नगरपालिका ६, झापा
०२. वडा अध्यक्ष गौरव सुब्बा मनोज भद्रपुर नगरपालिका ८, झापा
०३. वडा अध्यक्ष लक्ष्मी चेम्जोङ् लिम्बू शिवसताक्षी नगरपालिका १, झापा
०४. वडा अध्यक्ष भिमबहादुर नेम्बाङ् लिम्बू शिवसताक्षी नगरपालिका २, झापा
०५. वडा अध्यक्ष भुवानी विक्रम चेम्जोङ् लिम्बू शिवसताक्षी नगरपालिका ७, झापा
०६. वडा अध्यक्ष सन्तकुमार फेवदेन लिम्बू शिवसताक्षी नगरपालिका ८, झापा
०७. वडा अध्यक्ष डिल्लीलाल फेम्बु लिम्बू शिवसताक्षी नगरपालिका ९, झापा
०८. वडा अध्यक्ष हर्कबहादुर सिगु लिम्बू शिवसताक्षी नगरपालिका १०, झापा
०९. वडा अध्यक्ष बहादुर आङ्बो लिम्बू शिवसताक्षी नगरपालिका ११, झापा
१०. वडा अध्यक्ष रत्न प्रकाश योङ्हाङ् लिम्बू बाह्रदशी गाउँपालिका ६, झापा
११. वडा अध्यक्ष पर्शुराम चेम्जोङ् लिम्बू बुद्धशान्ति गाउँपालिका ३, झापा
१२. वडा अध्यक्ष खड्ग लाओती लिम्बू हल्दिवारी गाउँपालिका ५, झापा
१३. वडा अध्यक्ष बाबुलाल सुब्बा मेचीनगर नगरपालिका १४, झापा
१४. वडा अध्यक्ष अशोक आङ्देम्बे लिम्बू कमल गाउँपालिका २, झापा
१५. वडा अध्यक्ष खगेन्द्र इङ्नाम लिम्बू अर्जुनधारा नगरपालिका ११, झापा
१६. वडा अध्यक्ष रन्जित लिम्बू कचनकवल गाउँपालिका १, घेरावारी

लिम्बू वडा सदस्यहरू
०१. वडा सदस्य चन्द्रकला सुब्बा (आङ्देम्बे) कमल गाउँपालिका ५, झापा
०२. वडा सदस्य दलबहादुर योङ्हाङ् लिम्बू शिवसताक्षी नगरपालिका ं ९, झापा
०३. वडा सदस्य बिजुलप्रसाद लिम्बू शिवसताक्षी नगरपालिका ७, झापा
०४. वडा सदस्य निर्मल आङ्थुप्पो लिम्बू कनकाई नगरपालिका ७, झापा
०५. वडा सदस्य अरुणा सुब्बा (नाल्वो) लिम्बू कनकाई नगरपालिका ७, झापा
०६. वडा सदस्य भाग्यमान इङ्वारम लिम्बू विर्तामोड नगरपालिका ३, झापा
०७. वडा सदस्य योगचन्द्र आङ्वोहाङ् लिम्बू विर्तामोड नगरपालिका १, झापा
०८. वडा सदस्य ऐतबहादुर लिम्बू बुद्धशान्ति गाउँपालिकां ४, झापा
०९. वडा सदस्य सन्जीत कुमार थेबे लिम्बू बुद्धशान्ति गाउँपालिका ४, झापा
१०. वडा सदस्य चुरुङ्हाङ् लाओती कमल गाउँपालिका ५, झापा
११. वडा सदस्य ख्याम साँवा लिम्बू मेचीनगर नगरपालिका ३, झापा
१२. वडा सदस्य मनबहादुर लिम्बू मेचीनगर नगरपालिका ५, झापा
१३. वडा सदस्य भविन्द्र सुब्बा मेचीनगर नगरपालिका ६, झापा
१४. वडा सदस्य शक्तिमान थेबे लिम्बू मेचीनगर नगरपालिका ११, झापा
१५. वडा सदस्य मिनमाया लिम्बू सुब्बा मेचीनगर नगरपालिका ७, झापा
१६. वडा सदस्य दिबहादुर लिम्बू भद्रपुर नगरपालिका १, झापा
१७. वडा सदस्य ममता लिम्बू भद्रपुर नगरपालिका २, झापा
१८. वडा सदस्य पूर्णमाया सुब्बा लिम्बू भद्रपुर नगरपालिका ३, झापा
१९. वडा सदस्य निर्मला केरुङ् लिम्बू बाह्रदशी गाउँपालिका १, झापा
२०. वडा सदस्य गोमा चेम्जोङ् लिम्बू गौरादह नगरपालिका ५, झापा
२१. वडा सदस्य असल नेम्बाङ् लिम्बू गोरादह नगरपालिका ं ४, झापा
२२. वडा सदस्य मनकुमारी लिम्बू विर्तामोड नगरपालिका ७, झापा
२३. वडा सदस्य पूर्णजङ्ग चेम्जोङ् शिवसताक्षी नगरपालिका १, झापा
२४. वडा सदस्य रविन्द्र लिम्बू दमक नगरपालिका १०, झापा
२५. वडा सदस्य विजय फागो लिम्बु हल्दिवारी गाउँपालिका ५ झापा
२६. वडा सदस्य जीवन कन्दङ्वा हल्दिवारी गाउँपालिका ४, झापा
२७. वडा सदस्य शिवमाया लिम्बू हल्दिवारी गाउँपालिका ४, झापा
२८. वडा सदस्य सेरबहादुर नेम्बाङ् कचनकवल गाउँपालिका ७, बाँसुबारी
२९. वडा सदस्य कमल कङ्लिवा इजम झापा गाउँपालिका १, झापा