- आन्छुमे नसान
दमक / रंगकर्मी तथा निर्देशक विक्रम वनेम फागोको निर्देशनमा कलाकार तथा निर्देशक दिनेश माङमु लिम्बू र कलाकार कृति मिभक लिम्बूद्वारा अभिनित गीत ‘यासकै पारी’ भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका स्मृति पंयाङगु लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘यासकै पारी’ गायक यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतकार सुवर्ण नेम्बाङ ‘यम्वे’को शव्द संकलनमा गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको लय संकलन रहेको पुर्वेली लोक भाकाको गीतको भिडियोमा दिनेश माङमु लिम्बुको कोरियोग्राफी तथा कार्यकारी निर्देशन रहेको छ ।
मनोज साङसोनको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।
पान्थरको यासक, माङजाबुङ, वसाँगु, माझीटार, फेदेन र लब्रेकुटी लगायतका ऐतिहासिक स्थलहरुमा छायाँकन गरिएको प्रेम रोमान्स र कमेडी रसले भरिएको भिडियोमा सुजन श्रेष्ठ (ब्रदर्श प्रडक्सन दमक, झापा)को छायाँकन, सम्पादन तथा ड्रोन र सेन्दो सेलिङको सहायक छायाँकन रहेको छ ।
भिडियोमाअतिथि हास्य कलाकार चापेतीको बाउ (मनकुमार योङहाङ), ईश्वरी श्रेष्ठ(राई)(मनसुन हेयर कटिङ शैलुन दमक,झापा)को मेकअप, वरदान संगीतालय फेदेन पान्थरको कोरस नृत्य तथा पान्थर केलाङ समाज फेदेनको केलाङ र अनिल थोप्रा लिम्बुको पोष्ट प्रडक्सन रहेको छ ।
गायिका स्मृति पंयाङगुको डेब्यू गीत ‘मायालु गाउँको देशैमा’ म्यूजिक भिडियोको अपार सफलता पछिको यो दोस्रो गीत ‘यासक पारी’ को यस अघिनै लिप्सिङ भिडियो सार्वजनिक थएको छ ।
हेर्नुहोस भिडियो …