स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

  • पोक्लाबाङ न्यूज
दमक, २० जेठ / दमक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दमक प्रज्ञा प्रतिष्ठानको अायोजनामा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
 शुक्रवार दमक नगरपालिकाको बोर्ड सभाहलमा नवनिर्वाचित नगरप्रमुख राम कुमार थापाको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा उप-नगरप्रमुख  रेगिना प्रसाई, १० वटा वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु एवम् प्रमुख प्रशासकीय अधिकृत शशि राईलाई खादा र रूद्राक्षको माला अर्पण गर्दै स्वागत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले शुभकामना, स्वागत ग्रहण गर्नुहुँदै दमक नगरमा स्थापना भएको प्रतिष्ठानलाई नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म अझ व्यवस्थित बनाएर अघि बढाउँने कुरा राख्नुहुँदै बौद्धिकहरू भेला भई दमक नगरको साहित्य, कला र संस्कृतिको विकास गर्न बौद्धिक बहस गर्ने मञ्चको रूपमा विकास गर्न सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
विशिष्ठ अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  शशी राईले दमक नगर पालिकामा प्राज्ञिक व्यक्तिक्त्वहरूको संगमस्थलको रूपमा प्रज्ञा प्रतिस्थानको स्थापना भई स्थानीय कला, साहित्य र संस्कृतिको बिकास र संरक्षणको रूपमा काम गरिरहेको पाउँदा अत्यन्तै खुशी लागेको कुरा बताउनुहुँदै दमक नगरमा रहेका स्रस्टाहरूले दमकमा रहेको साहित्य, कला र संस्कृतिलाई उजागर गर्ने काममा महत्वपूर्ण योगदान पुर्याउँदै अाएको चर्चा गर्नुभयो ।
उहाँले कुनै पनि नगरको समृद्धि हुनुमा साहित्य, कला र संस्कृतिको विकास अपरिहार्य छ, त्यसको लागि बौद्धिक सर्जकको कलमले लेखिएर दस्तावेजिकरण गरिन्दै जानुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुहुँदै दमक प्रज्ञा प्रतिष्ठानका का.वा. अध्यक्ष जीवन गुरूङले नवनिर्वाचित नगरप्रमुख, नगर उप-प्रमुख , वडा अध्यक्ष, नगरपालिका कार्य समिति सदस्य एवम् प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत, सम्मान,बधाई तथा सफल कार्यकालको शुभमामना व्यक्त गर्नुहुँदै दमक प्रज्ञा प्रतिष्ठानको चिनारी सहित प्रतिष्ठानले अहिलेसम्म गरेका कामहरूको वारेमा सविस्तार राख्नु भएको थियो ।
प्राज्ञ सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम प्राज्ञ धनञ्जय बाँस्कोले सञ्चालन गर्नु भएको थियो ।