सेतुकाे सालिक ताेडफाेडमा संलग्नलाई कडा कारबाहिकाे माग

पोक्लाबाङ न्यूज डेक्स / जनता समाजवादी पार्टी नेपाल,शिल्पी विशेष समिति प्रदेश १ ले नेपालगञ्जमा अवस्थित सहिद सेतु विककाे सालिक ताेडफाेडमा संलग्न अति उच्च अहंकारवादी,हिन्दु अातङ्ककारी,मनुवादी चिन्तनबाट ग्रसित राजावादीहरुकाे समूहलाई राज्य विरुद्धकाे अपराध अन्तर्गत मुद्दा दर्ता गरि हदैसम्मकाे कारबाहिकाे माग गरेकाे छ ।

 

 

साे समितिका प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिजले प्रेस विज्ञप्ति जारी गरि राजावादीहरुकाे उक्त हर्कतकाे घाेर निन्दा एवम् भर्त्सना गरेका छन् ।

यस घटनाले सिङ्गाे ७० लाख शिल्पी/दलित समूदायकाे अास्थामाथि प्रहार भएकाेले निन्दनीय र अक्षम्य भएकाे ठहर गर्दै विज्ञप्तिमा भनिएकाे छ राज्यले दाेषीहरुलाई हदैसम्मकाे कारबाहि नगरे वा कुनै पनि शक्तिकाे अाडमा याे वा त्याे बहानामा दाेषीलाई उन्मुक्ति दिईएमा त्यसका विरुद्ध कडा प्रतिराेध गर्ने र प्रतिराेधबाट उत्पन्न हुने परिणामकाे सम्पूर्ण जिम्मेवारी राज्य र सम्बन्धित पक्षले लिनु पर्ने चेतावनी समेत दिएका छन् ।