सानाे टिप्पणी, सेर्मा वंशावली बारे

  • मलिसा याक्थुङबा
/ समालाेचक, साहित्यकार तथा लेखक श्री लछामी सेर्मा पापाे लिखित किरात याक्थुङ पापाे सेर्मा (लिम्बू) इतिहास वंशावली (तथा संक्षिप्त किरात लिम्बुवान इतिहास) जातिशाष्त्र नामक ग्रन्थ लेखक स्वयमले मिति २०७९ वैसाख १० गते याक्थुङ प्रज्ञा प्रतिष्ठानकाे दाेश्राे महाधिवेशन फेदेनकाे सगुन हाेटलमा लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बाेर्ड संयाेजक पदमार्फत मलाइ हस्तान्तरण गर्नु भयाे ।
पुस्तक अधिक ठूलाे छ । लगभग ३ दिनसम्म निरन्तर अध्ययन गरेर सम्पन्न गरेँ । मेरा लागि प्रशस्तै श्राेतहरू तेहाँ समावेश रहेछन् । पुस्तक अध्ययन सकेपछि तेहाँका ताैर तरिका, प्रयाेग र रखाइ कला उत्तम लाग्याे । वंशहरूकाे पुस्ता निर्धारण, जन्ममिति र मृत्यु मिति, महिला पुरूषहरूकाे सांख्यिक विधि राख्नु वैज्ञानिक लाग्याे । देशभित्र र वाहिर रहेका, सम्पर्कमा रहेका र नरहेका, सबैकाे विवरणहरूसंगै देश र समुदायमा याेगदान गरेका, राष्ट्र सेवा गरेका, सरकारी र गैरसरकारी वेतन र श्रेणी, नेतृत्व, लेखक, कलाकार, साहित्यकार, संघसंस्था इत्यादीहरूकाे विवरणात्मक प्रस्तुत उचित लाग्याे । पुराना फाेटाेहरू, सहयाेगी फाेटाेहरू, सेर्मा वंश विस्तारकाे मानचित्रबाट कहाँसम्म पुगेका छन् भन्ने सूचना सहजै प्राप्त गर्न सकिन्छ ।
यस वंशावलीमा अन्य थुप्प्रै वंशावलीहरूभन्दा पृथक दावीहरू प्राप्त छन् । याे वैज्ञानिक चेतमा तुलना पनि हाे । विज्ञान र विकासवादमा मुन्धुमिमत तुलना र विज्ञानभन्दा मुन्धुम पुरानाे दस्ता जाे श्रुति परम्परामा ग्रहण गर्दै अाएकाे तर खाेज नगरी राखेकाे दस्ता पेश गरेका छन् । विज्ञान र मुन्धुम संगसंगै छ भन्ने दावी गर्छन् । मानवविकास र सृष्टि, अन्य विकास र सृष्टिवारे पनि विज्ञान र मुन्धुमकाे बेजाेड एक रूपता छ भन्ने तुलनाका साथ दावी गरेका छन्, प्रमाणसहित। मानव विकासमा डार्विनकाे सिद्दान्तलाइ अस्वीकृत गरेका छन्, मुन्धुमलाइ प्रमाण पेश गरेर । मैले यहि चाहेकाे हाे ।
दर्विलाे सवालः याक्थुङ जातिहरू विभिन्न क्षेत्रबाट लिम्बुवानमा प्रवेश गरेका हुन् भन्ने ठुलठुला इतिहासकारहरूकाे भनाइ अस्वीकार गरेका छन् । याक्थुङ्बाहरू यहिका वासिन्दा हुन् भनेर दावी गर्छन् । सिनयुकदेखि तेमेन वलःङ् सम्म राजपाट चलाएका हुन् । मतलव, चिनदेखि भारतकाे हिन्दमहासागरसम्म सत्ता चलाएका हुन् भनि येबा, शूभविवाहकाे वेहुला पहिरन र वुटवल रामापिथेकसलाइ प्रमाण पेश गर्दै यहिका खाम्बाेङ्सा लुङ्बाेङ्सा हाैं भनि दावी गरेका छन् । मलाइ पनि यस्तै लागेकाे हाे ।
समग्रमा मेराे खाेजकाे केहि बुटिहरू यस वंशावलीमा छन् । तथापी लेखक तथा वंशावली उत्कृष्ठ सावित छन् र वैज्ञानिक पनि । भित्र सृष्टिहरूकाे वयान, किरात अर्थता, दशलिम्बु, सेर्मा थाःम्ब्रुङ् र माङ्गेन्ना? यक्, किपट, माैजा, सुब्बा र जिम्मावाल, सेर्माहरूकाे शिक्षा, सत्यहाङ्मा भक्ति, सेवासावा, फेदाङमा, साम्बा, माङ्धुक्पा, येबा इत्यादीहरूकाे विश्वव्यापि उपस्थितिकाे विवरण र अैतिहासिक लेख छ । इतिहासाख्यान, संस्कार, संस्कृति, रीतिरिवाज, भाषा, लिपि समेत समावेश गरिएकाे जाति शाष्त्र किरात याक्थुङ पापाे सेर्मा (लिम्बू) इतिहास वंशावली अाफैंमा गर्बिलाे छ ।
वास्तवमा लिम्बुवान स्थापना कालदेखिकाे समय निर्धारण गरेर हालसम्म हिसाब गर्दा पापाेहरूकाे थुप्प्रै पुस्ताहरू खाेज्नुपर्ने देख्छन् । याे वास्तविक पनि हाे । यसरी येल्ले सम्बतकाे सहि चासाेकाे साथ प्रस्तुत गर्नु भएकाे छ भने हिन्दु शाष्त्रमा चार युग हुन्छ भने किरात याक्थुङकाे खाइक मुन्धुम अनुसार बाह्र युग पेश गर्नु भएकाे छ, वर्ष सहित । याे नयाँ र स्वादिलाे सवैमा लाग्न सक्छ । यहि १२ लाइ विभिन्न जनावरहरूकाे नामबाट हरेक वर्ष नाम पनि दिएका छन् र सुक्खिममा याे व्यापक चलन छ ।
यस शाष्त्र लेखनमा राम्रा भएपनि ग्रन्थकाे अक्षर सम्पादन रामरी नभएकाले मूलतः पाठकले सच्याएर पढ्नु वाैद्दिक लाग्छ । संस्थाका हरहिसाब, विधान, वैठक, महाधिवेशन, समिति, जग्गादान, सेर्मा तुम्याङ्, सरसहयाेग विवरण लगायत वंशकाे नामावली र पुस्ता निर्धारण सहि छ । तथापी लिम्बुवान (याक्थुङलाजे?) जीवित छँदा पुर्खाहरूकाे नामहरू नेपालीकरण नहुनु पर्ने जस्ताे लाग्छ । सायद, पछिल्लाे कालमा लेखकहरू नेपाली प्रभावी भएर नेपालीकरण भएकाे हुन सक्छ । यसमा लेखककाे प्रयास रहेता पनि ध्यान अलिक कम देखिन्छन् । सबै सेर्मा पापाेहरूले मिहिन रूपमा अध्ययन गरे ज्ञान, विज्ञान र महाज्ञान प्राप्त गर्नु हुनेछ । तसर्थ महाज्ञानका लेखकलाइ पूनः उन्नति, प्रगति र उत्तराेत्तरता व्यक्त गर्दछु । किरात याक्थुङ पापाेहाङ सेर्मा सङ्जुम्भाे केन्द्रीय कार्य समितिलाइ हार्दिक अाभार प्रकट गर्दछु ।
कृति विवरणः
पुस्तकः        किरात याक्थुङ पापाे सेर्मा (लिम्बू) इतिहास वंशावली
लेखकः       लछामी सेर्मा पापाे
प्रकाशकः   किरात याक्थुङ पापाेहाङ सेर्मा सङ्जुम्भाे
                         (केन्द्रीय कार्य समिति)
मुल्यः        ३००० रूपैंया (ने.रू.)
पेजः          १३५८ (अ. ५ केजी वेटलेस पेपर)
लेखक ः लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डको संयोजक हुनु हुन्छ ।

सम्बन्धित खवर