पोक्लाबाङ न्यूज / निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार दमक वडा नं. १ मा वडाध्यक्ष पदमा नेकपा एमालेबाट हरि प्रसाद न्यौपाने विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनबाट राप्रपाका उम्मेद्वार तारा प्रसाद अधिकारीलाई ६२ मतान्तरले पराजित गर्दै न्यौपाने विजयी भएका हुन् । न्यौपानेले १ हजार ६ सय ८६ मत पाएका थिए भने उनका प्रतिष्पर्धी अधिकारीले १ हजार ६ सय २४ मत पात्र पाएका थिए । तारा प्र.अधिकारी निवर्तमान वडाअध्यक्ष हुन् ।

सदस्यहरुमा महिला सदस्यमा तारा खप्तरी दलित महिला सदस्यमा नविना मोहरा, खुल्ला सदस्यहरुमा रघुवीर बुढाथोकी र राजकर्ण राई प्यानल नै विजयी भएका छन् ।
नगरपालिका प्रमुखमा भने एमाले तर्फबाट गीता अधिकारी र उप प्रमखमा गठबन्धनकी रेजिना भट्टराईको अग्रतामा छन् ।
मतपरिणाम हेर्नुहोस्
मेयर
गीता अधिकारी (नेकपा एमाले)ः १७३२ मत
राम थापा (गठबन्धन) ः १६४८ मत
उपमेयर
अम्बिका खनाल (नेकपा एमाले) ः १५०९ मत
रेजिना भट्टराई (गठबन्धन) ः १६४० मत
वडा अध्यक्ष
हरि प्रसाद न्यौपाने (नेकपा एमाले) ः १६८६ मत (विजयी)
तारा प्र.अधिकारी (गठबन्धन राप्रपा ) ः १६२४ मत
