मोरङ ०९ बैशाक / मुसाहाङ् समाज केन्द्रीय समितिको ऐतिहासिक चौंथो केन्द्रीय महाधिवेशन सम्पन्न अध्यक्षमा पुनःविष्णु राज मुसाहाङ निर्वाचित हुनु भएको छ ।

विहिबार मोरङ उर्लाबारी नगरापलिका वडा नं. ६ स्थित शिद्धेश्वर शिव बाबा धामको सभाहलमा पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा अत्यन्तै सफलता पूर्व कार्यक्रम सम्पन्न भएको हो ।

महाधिवेशनमा ताप्लेजङ, तेह्रथुम, संखुवासभा, पान्थर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भित्रका मुसाहाङ् थरीको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम मुसाहाङ समाज पूर्व केन्द्रीय उपाध्यक्ष सुरेन्द्र मुसाहाङ लगायत मुसाहाङ व्यक्तित्वहरुलाई ताम्रपत्रद्धारा सम्मान गरेका थिए ।
कार्यक्रम दुई सम्म चलेका बन्द–सत्रबाट विष्णु राज मुसाहाङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा हस्त वहादुर मुसाहाङ केस्री, उपाध्यक्षमा इछिङसा मुसाहाङ, महासचिवमा डिल्लीश्वर मुसाहाङ अम्याङसा, सचिवमा लक्ष्मीसुन्दर मुसाहाङ र कोषाध्यक्षमा यज्ञ बहादुर मुसाहाङ निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा क्रमशः हर्क बहादुर मुसाहाङ, नारायण मुसाहाङ्, छविलाल मुसाहाङ, फूलकुमारी मुसाहाङ र भक्त बहादुर मुसाहाङ रहेका छन् ।
कार्यक्रममा नाल्बो समाज पूर्व उपाध्यक्ष तथा नाल्बो बंशावली सम्पादक सेसेमी से.नाल्बो,मुन्धुमविद चित्र वनेम, पाहिम समाज सदस्य तथा पाहिम बंशावली लेखक सम्पादक लोकमान पाहिम, धर्मददेवी नगरपालिका वडा नं. १ वडा सदस्य जनप्रतिनिधि नारायण मुसाहाङ, याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष भक्त बहादुर मुसाहाङ, मुसाहाङ समाज पूर्व केन्द्रीय उपाध्यक्ष सुरेन्द्र मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम मुसाहाङ समाज अध्यक्ष विष्णु राज मुसाहाङको सभाध्यक्षता, स्वागत मन्तव्य सचिव यज्ञ बहादुर मुसाहाङले राखेका थिए भने कार्यक्रम संचालन महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङ्साले गरेका थिए ।


