- मुसाहाङ अम्याङ्सा
दमक / लिम्बू लघु चलचित्र निर्माण कार्यशाला गोष्ठी कार्यक्रम दमकमा सम्पन्न भएको छ ।

शनिबार विहिवार देखि संचालन भएको लिम्बू लघु चलचित्र निर्माण कार्यशाला गोष्ठी झापाको दमक ८ स्थित युङजा होटलको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजना तथा चलचित्र बिकास बोर्ड , आदिवासी मातृभाषी चलचित्र सम्बर्द्धन समिति चाबहिल, काठमाडौको सहयोगमा तीन दिने लिम्बू चलचित्र लघु चलचित्र निर्माण तथा स्कृप्ट लेखन सम्बन्धी कार्याशाला गोष्ठी वरिष्ठ लिम्बू चलचित्र निर्देशक नबीन सुब्बा मुसाहाङको सहजीकरणमा सम्पन्न भएको हो ।

कार्याशाला याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय अध्यक्ष सुर्य प्रकाश चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको छ ।
चलचित्र निर्माण तथा स्कृप्ट लेखन सम्बन्धीमा इलाम,झापा,मोरङ र सुनसरी जिल्लाका लिम्बू चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।
