- मुसाहाङ अम्याङसा
दमक, २६ चैत / किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको चौथो महाधिवेशनले पुनः जि.बि सेर्मा याक्थुङबा निर्वाचित हुनुभएको छ ।
बुधबारबाट सुरु भएको सेर्माहरुको संगठन किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको चौथो केन्द्रीय महाधिवेशन र दोश्रो अन्तर्राष्ट्रिय महासम्मेलनको बन्दसत्रबाट जि.बि. सेर्मा याक्थुङबाको अध्यक्षतामा २४ सदस्यीय समिति चयन गरेको छ ।
जसमा पदाधिकारीहरुमा क्रमशः उपाध्यक्ष वीरेन्द्र कुमार सेर्मा, कविन्द्र सेर्मा, सुशिला सेर्मा, महासचिव कविराज सेर्मा, सचिव खिङसेमी सेर्मा, सन्दिप सेर्मा, कोषाध्यक्ष लक्ष्मी सेर्मा र सहकोषाध्यक्षमा अन्जना सेर्मा निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः भिमा सेर्मा, जीवन सेर्मा, इन्द्रकुमारी सेर्मा , भद्रमान सेर्मा, हर्कबहादुर सेर्मा, सुरेन्द्र सेर्मा, गंगाहाङ सेर्मा, थोलबहादुर सेर्मा, महेशकुमार सेर्मा, बलबहादुर सेर्मा, रुपेश सेर्मा, देबेन्द्र सेर्मा, ओलिकिङ सेर्मा, हरिकुमार सेर्मा, नन्दकुमार सेर्मा, धनेन्द्रकुमार सेर्मा रहेको निर्वाचन समिति संयोजक डा. चन्द्र कुमार सेर्माले बताएका छन् ।