दमक, १७ चैत/ जनता समाजवादी पार्टी, नेपाल दमक १ वडा समितिको पुनःगठन आज सम्पन्न भएको छ ।

विहिवार दमक १ स्थित जसपा, नेपाल वडा पार्टी कार्यालयमा जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय सदस्य हरिदेवी राई प्रमुख आतिथ्यतामा भएको गठन भेलाले हरि कुमार राईको अध्यक्षतामा १० सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सरिता फियाक, सचिवमा रञ्जना सङबाङफे, सहसचिवमा चक्र बहादुर आङदेम्बे र कोेषाध्यक्षमा कल्पना चवेगु निर्वाचित भएका छन । त्यसै गरी सदस्यहरुमा क्रमशः डम्बर कुमारी लाओती, फूलमाया आङ्देम्बे, सुष्मा आङदेम्बे , प्रभा लिम्बू र लालहाङ आङदेम्बे रहेका छन् ।
कार्यक्रममा जसपा, नेपाल १ नं. प्रदेश सदस्य धिरेन लाओती, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति सदस्य सुरेश लाओती, जसपा, नेपाल झापा क्षेत्रिय ईन्चार्च धिरेन्द्र सङबाङफे, जसपा, नेपाल क्षेत्रीय अध्यक्ष ओम माया आङदेम्बे, १ नं. प्रदेश सदस्य पदम कुमारी राई, जिल्ला सदस्य लालहाङ आङ्देम्बे, दमक नगर अध्यक्ष भेषराज भट्टराई, नगर उपाध्यक्षद्धय पञ्चमाया लिम्बू, महेन्दं्र राई, प्रेस मञ्च नेपाल लिम्बुवान राष्ट्रिय समिति सह सचिव तथा दमक नगर सदस्य डिल्लीश्वर मुसाहाङ, दमक नगर महिला उपाध्यक्ष लिला आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम जसपा, नेपाल दमक १ नं. वडा समिति अध्यक्ष रिता तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
