- इछिङसा सङबाङफे
दमक, १२ चैत / अखिल नेपाल महिला संघ (क्रान्तिकारी )दमक नगर समितिको दोस्रो नगर सम्मेलन आज सम्पन्न भएको छ ।

शनिवार झापा दमक ८ स्थित नगर पार्टी कार्यालयको भवनमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष क. रेणु चन्दको प्रमुख आतिथ्यता भएको दमक नगर समितिको दोस्रो नगर सम्मेलनबाट पुनः अध्यक्षमा क. इक्सा सङबाङ्फे (संगिता) निर्वाचित भएकी छिन् ।

समितिको उपाध्यक्षहरुमा क्रमशः क. बन्दना नेम्वाङ सुब्बा,क. रमिला मिश्र, क.कल्पना तामाङ, सचिवमा क. समुद्र लामा, सह सचिवमा क. छमिला तामाङ, कोषाध्यक्षमा क. हेमन्तीदेवि गजुरेल सहित ७५ सदस्यीय नगर समिति चयन भएको वताए ।

सम्मेलन नगर अध्यक्ष क.इक्सा सङबाङ्फे (संगिता)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नगर सदस्य लक्की सिटौंलाले संचालन गरेकी थिइन् ।
