उम्मेद्वारी घाेषणासंगै टाेल समिति गठन

नरेश क्षितिज / धरान अागामी बैशाख ३० गते हुन गईरहेकाे स्थानिय तह निर्वाचनका लागि जनता समाजवादी पार्टीले धरानका वडाहरुमा अाफ्नाे उम्मेद्वारहरु चयन गर्ने कार्यलाई तिब्रता दिईरहेकाे छ ।

यसैविच धरान १५ काे वडाध्यक्ष पदका लागि हरिकुमार राईलाई सर्व सहमत चयन गरिएकाे छ । उम्मेद्वारी चयन संगसंगै धरान १५ शिवगंगा टाेल समिति पनि गठन भएकाे छ ।

रुद्रमणि विश्वकर्माकाे संयाेजकत्वमा गठित २५ सदस्यीय टाेल समितिकाे सचिवमा माया राई रहेकी छन् । सदस्यहरुमा भीममाया सुब्बा, तनुजा लिम्बू, भारती लिम्बू, ईन्द्रबहादुर मगर, नगेन्द्र सुब्बा, शान्ति लिम्बू, प्रविना राई, सुष्मा राई, सुवास राई, सीता मुदेल, हिम्मास राई, मन्दिरा दर्नाल, पूर्ण रसाईली, दिलकुमारी विक, यम बहादुर राई, सीता विक, मन्जु तामाङ्ग, मैयाँ दर्नाल,पूर्णमाया लिम्बू, देवकुमार विक, कमला राई र शम्भू विक रहेका छन् । जसपा धरानले यसअघिनै वडा नं ५ र ११ काे उम्मेद्वारी चयन गरिसकेकाे छ ।