
- मलिसा याक्थुङ्बा
मलाइ लाग्छ, काम गर्ने मान्छे जे गरे पनि आफ्नो काम गरेरै छोड्छ । उनले जिम्मेवारी जान्दछ । कर्तव्य ठान्छ र विश्वास गर्छ । कामप्रति अरूहरूले डाहि लागेर घेरावन्दि हालेपनि वास्ताहिनले आफ्ना कामहरूमा पैतला बडाइ रहन्छ ताकि तोङ्मुक्पा लक्ष्यझैं । हुनु त उनका काम मन नपर्नु अन्र्तविरोधिहरूका वैयक्तिक मक्सद नै हुन्छ तथापी राम्रा कामलाई छेदनै गर्न भने अपराध हुन सक्छ ।
भर्खरै किरात याक्थुङ चुम्लुङको ११ औं राष्ट्रिय महाधिवेशन फेदेनमा सम्पन्न भयो । म दशौं महाधिवेशन धरानमा अध्यक्ष प्रत्यासी थिएँ । सायद लाग्छ, त्यो मेरो लक्ष्य कसैमा युक्रेनका लागि भ्लादिमिर पुटिन नै भए । म २०६५ का सातौं महाधिवेशन तेरथुमबाट केन्द्रमा प्रवेश भएँ । केन्द्रीय सदस्य भए पछि मैले याक्थुङ भाषा शिक्षामा कक्षा ६, ७ र ८ र (कक्षा) प्लसटु (११ र १२) को अभियानमा सशक्त रहेँ । एउटा उत्प्रेरक र घृणित डाँहि यहि हो जस्तो लाग्यो । विराटनगर महाधिवेशन (२०६८) मा सचिव र ललितपुर महाधिवेशन (२०७१) उपाध्यक्ष भएँ र धरान महाधिवेशन (२०७४) मा अध्यक्ष दावेदारी गरेँ । धरानमा दरखास्त झिक्न पूर्व मैले केन्द्रको मनोनित सदस्य शर्त त्यसबेलाका निवर्तमान अध्यक्ष उत्तमसिं थाङ्देनलाई भनेर झिकेँ । शायद, कियाचुका लागि म, पैतलामा जाकिएका लुङ्दिङ्बा काँढा झै थिएछु, दर्खास्त तान्दा कियाचुलाई शान्त भयो । यसपछि न मलाई मनोनित सदस्यमा राखे ।
वर्ग त न बुट्टा छानामा खुट्टा भने झैँ केन्द्रीय सल्लाहकारमा राखेर अप्राकृतिक वदनामी भोग्न लगाई दिए । यहि त होला, म ताक्छु मुढा, बञ्चरे ताक्छ घुँडा । मनोनित केन्द्रीय सदस्य उत्तमसिं थाङ्देनसंग सल्लाह भएको हुन्छ । निर्णय भएछ, सल्लाहकार । जुन मेरा लागि ग्रहण योग्य भएपनि म चिचिला नै थिएँ, उक्त पदका लागि । केन्द्रीय अध्यक्ष बन्दा के गर्छु भन्ने धेरै सपनाहरू थिए र छन् । जुन सपनाहरू निकट भविष्य, मेरा आत्म कथामा आउने नै छ ।
म अलिक रकमी कलमी बन्न चाहँदै आएको छु । हरेकमा अभिलेखीकरणहरू गर्दैछु । यहि अभिलेख राख्ने क्रममा २०५३ कियाचु पान्थरको कोटामा केन्द्र (त्यसबेलाका महासचिव नन्द कन्दङ्वा)ले मलाई राष्ट्रिय पार्षद सदस्यमा मनोनयन गरेको पत्र हुलाकमार्फत प्राप्त छ र अझै जीवित राखेकै छु । मनोनित पार्षदका समेत पत्र छ भने केन्द्रीय सल्लाहकार मनोनयन गरेका निर्णय मिति सहित पत्रचार भएको हुनुपर्छ । कुन वैठकले मलाई सल्लाहकारमा मनोनयन गरे, म भनिएकाले थाहै छैन । अपराध काम भए ।
हरेक पटक जिम्मेवारी व्यक्तिहरूले सल्लाहकार भनेर बोलाउँछन् । नयाँ बेहुलीलाई नचिनेकाले जिस्क्याएँ झै वेतुक सरम लाग्छ । मनानुभूतिमा खल्लोपन जाग्दो रहेछ । हो वा हैन, दोमन । हैन वा हो, तिरमिर – तिरमिर अस्पष्ट भावहरू उठ्दा रहेछन् । निकै पटक खवर पनि गरेँ, सल्लाहकार हो भने मलाई पुनः पत्र दिनुस् न । तेसो पनि गरेनन् । जुन अवगत हुन्छ, कुनबेला र कुन मितिका वैठकले मनोनयन गरे भनेर । यो अवसर पनि प्राप्त भएन । सल्लाहकारीताका भूमिकामा रहनुपर्छ र काम गर्नुपर्छ । अहिले ११ औं राष्ट्रिय महाधिवेशन सकेर दुई दिन भयो । सल्लाहकार भएको मिति र वैठक मलाई थाहै छैन र पत्र पनि अप्राप्तमै सिमित रहयो । वास्तवमा म जस्ता याक्थुङ भाषा शिक्षा, साहित्य र लेखनमा काम गर्नेहरू कसैका लागि विष, कसैका लागि वमन त कसैका लागि स्लोप्वाइजन भएको रहेछ भन्ने बुझेँ । उता केन्द्रीय कार्यालयले पत्र पठाउनु, यता मलाई नदिनुका रहस्य के हो ? खोज पनि गरिन । बरू केन्द्रले मेरा लागि पत्र नपठाएर अपराध गरेकै देख्छु वर्तमान सम्मै । पछिल्ला समयमा निकै पटक पत्र मागेँ । वास्तै छैन वा मैले घमण्ड गरे झैं देखिए, तर फेदेनका महाधिवेशनमा निवर्तमान केन्द्रीय सल्लाहकार तथा निर्वाचन संयोजक नरप्रसाद लुङ्फङ्वाको विचार अनुसार त मत धेरै वेवकुफ भएछु जस्तो अनुभूत भयो ।
कुन वैठकले मनोनयन गरेर एकै चोटि अन्त महाधिवेशनमा मात्र मेरो उपस्थिति छ । कस्तो होला, इज्जत इमानमा । तसर्थ मेरो नाममा गुमनाम, बेइमान र अपमानका चक्र महाधिवेशन हलभित्र चल्छ, मस्तिष्क भरि । सम्झन्छु । पत्र कस्ले राख्यो ? मलाइ लाग्छ कियाचुका पदाधिकारी सदस्यहरूले नै राखेर वदनामी खेप्न। किन राख्यो ? यसको फुरफुर सिध्याउन । यहि योजना सफल रहयो र त्यहि सफलता जस्तो देखेँ । संयोजक नर प्रसाद लुम्फुङ्वाको मन्तव्य र यस मन्तव्यले मेरो नेर्वेत् छोयो । असामञ्जस्यता, वितृष्णा र अकर्मन्यता त थियो जस्तो त लागेन, म उपर तर किन यस्तो रहयो? तपाई (कियाचु वा व्यक्ति) जसले मेरा पत्र लुकाएर जे बनाएर सफलता लिनु भो । म यहाँ वा यहाँहरूका यस्तो सफलता प्रति धन्यवाद र बधाई दिन्छु । यहाँहरूले मलाई घृणा गरेपनि मसँग पटक कै छैन । किनकि बेला मौका हजुरहरूका बोली भाषा र प्रयोजनमा तेस्तै लागेको अहिले स्मरण हुन्छ । धरानका ताजुब लिम्बूका भनाईझैं तुम्याहाङको निर्णय भन्दै जानु पनि गाह्रो, पत्र छैन । हो हैन पत्र पुनः मागे पनि पठाउँदैनन् । यसको निकै मगन्ते याने भीखारू पनि भएँ अनि मेरो मनमा कहिले खेलाँची जस्तै लाग्ने, इत्रिएकै लाग्ने त कहिले वेसरम हुने हुन्थ्यो ।
कियाचुमा लगभग २०५३ मा पार्षद देखि दशौं महाधिवेशन (२०७४) धरानसम्म लगातार काम गर्दाका लगानी, तिनका प्रेम, वात्सल्यता र घुलमिलहरू सिद्धिए, सिध्याईए भन्ने लाग्छ होला। जसले म उपर सफलता लिए । हो, एक नजरले त सकिएकै हुँ रछ, अहिले सम्झँदा । सल्लाहकारमा मनोनयन गरेपछि एकपटक पनि वैठकमा उपस्थितै नहुने अनि ठूला गफ गर्ने ? भनेरै योजनाका धुमचक्करमा परेकै हो । काम गर्ने प्रसस्त रहरहरू रहँदारहँदै यस्ता वैमनस्य जव्वर सिर्जना र हर्कतले संस्थाको प्रगति हैन, अप्रगतितिर धकेलिन्छ । मलाई यस्तै बनाउनु भो । हुनु त बास्ने भाले डोकोले छोपे पनि बास्न छोड्दैन । तथापी कियाचुले हैन, व्यक्तिहरूले गरेको यो हर्कत अनि यन्त्र, अयन्त्र र षड्यन्त्र हो भन्ने लाग्छ । पवित्र कियाचुलाई अपवित्र भाषातिर लैजाने अप्राकृतिक खेलले नाम, गुमनाम र वदनाम कार्य भए मेरा लागि । यसको जवाफ नैतिकताका हिसावले संस्था वा मेरो पत्र जसले गुमनाम गरे अनि पटक–पटक पत्र दिनुस् भन्दा नदिने पदाधिकारीहरूले दिनुपर्छ ? जस्तो लाग्छ । मेरो प्राण रहुञ्जेल प्रश्न रहन्छ, मनोनयन गरिएका पत्र काँ छ र फेरी पुनः किन दिन सकिएन ? यो प्रश्न मानसपटलमा जटिल, गम्भिर र सशक्त रूपमा उभिरहन्छ । उभिरहन्छ । धन्यवाद ।