- पोक्लाबाङ न्यूज
दुर्दिम्बा, २४ फागुन २०७८ / ११२औं अन्तराष्ट्रिय नारी दिवस आज सम्पन्न भएको छ ।

मंगलबार पान्थर मिक्लाजङ् गाउँपालिका वडा नं. ८ दुर्दिम्बा स्थित वडा कार्यालयको प्राङ्गणमा जिल्ला समन्वय समिति पान्थर जिल्ला सदस्य चन्द्र बहादुर चौंलागाईको प्रमुख आतिथ्यतामा सामाजिक न्याय र लैङ्कि समानता, दिगो विकासको सुनिश्चितता नाराका साथ दुर्दिम्बामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा सामुदायिक सचेतना, स्वाथ्य, महिला तथा वालवालिका अधिकार, शिक्षा, सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने ४१ जना महिला अभियन्ताहरुलाई सम्मान पत्र र प्रशंसा पत्रद्धारा सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा क्रमशः डबल कुमारी माखिम, कल्पना चौंलागाई, राज कुमारी राना मगर, कल्पना कार्की, कमला मगर, पद्मा खड्का, तिल कुमारी राई, बादल लाओती,सञ्जु लाओती, ममता मगर, सीता तामाङ, धनमाया मगर, सुभद्रा वाजी, जीतमाया मगर, अनिता पिठाकोठे मगर, उतम कुमारी खड्का, जानुका वाजी, रोजिना मगर, सरिमाया मुसाहाङ, छमकला खुलाल, अनिता कार्की, कृष्ण कुमारी घिमिरे, शान्ति तामाङ, सरिता चौंलागाई, टिकामाया लिम्बू (पङ्याङ्गू), बंम माया थक्सु, भीमा माखिम, नानी माया मगरलाई वडा कार्यालयले प्रंशसा पत्रद्धारा सम्मान गरेको थियो ।
सम्मान गर्न छुटेका महिलाहरुलाई आगामी कार्यक्रममा सम्मान गर्ने वडाध्यक्ष रामेश्वर वजीले वताउनु भएको छ ।
कार्यक्रममा मिक्लाजङ ८ दुर्दिम्बा जनप्रतिनिधि वडाध्यक्ष रामेश्वर वाजी, दुर्दिम्बा स्वास्थ्य चौकी हेल्थ असिस्डेन्ट धर्म ऐरी, धर्मउद्धार आ.वि. धामडाँडा प्र.अ. भीमलाल नेपाली, नेकपा एमाले दुर्दिबा वडा समिति अध्यक्ष गोपाल तामाङ,समाजसेवी कर्ण बहादुर इमेहाङ, दुर्दिम्बा अतिरिक्त हुलाक कार्यालय प्रमुख गणेश कार्की, नेकपा माओवादी केन्द्र वडा अध्यक्ष मेघराज पङयाङगू, समाजसेवी गोविन्द खुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसै गरी भीमा माखिम वादल लाओती, सिर्जना मगर, मिना कार्की, अनिता गौतमको नृत्य रहेको थियो भने चाँदनी कार्कीले कविता, निर्मला थापाले गजल, पद्यमा खड्काले संगिनी गीत वाचन गरेकी थिइन ।

त्यसरी नै नृत्य एवं म्यूजिकल चियर (कुर्सी दौड) तथा तातो आलु प्रतियोगिता समेतको प्रतियोगिता भएको वताईएको छ ।
