काेराेना संक्रमण दिनहुँ घट्दै

काठमाडौं, २३ फागुन २०७८ / नेपालमा पछिल्लाे केही दिन यता काेराेना संक्रमण संख्या घट्दै गएकाे छ ।

गत २४ घण्टामा ८८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ३८ जनामा गरिएको नमूना परीक्षणमा ८८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ३ सय  ७६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका काराण १ जनाकाे ज्यान गएकाे छ ।

हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४८ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० जनामा झरेकाे छ ।