विजयपुर, २३ फागुन / धरानको एन्फा ग्राउन्डमा लिम्बुवान फुटबल क्लब (LFC) र आदिवासी फुटबल क्लब (IFC) काठमाडौं बिच मैत्रीपुर्ण फुटबल म्याच हुने भएको छ ।
स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जीवनमा खेलको महत्व छ भन्ने सन्देश प्रभाव गर्न र खेलकुदमा युवाहरुलाई उर्जा प्रदान गर्ने उद्धेश्यका लागि लिम्बुवान फुटबल क्लव (LFC) र आदिवासी फुटबल क्लव (IFC) काठमाडौंबीच मैत्रीपुर्ण फुटबल म्याच खेल्न लागेको आयोजक जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओतीले वताए ।
जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा भोलि फागुन २५ गते दिनको १ बजे देखि सुरु हुने उक्त मैत्रीपूर्ण फुटबल म्याचमा लिम्बुवान फुटबल क्लब (LFC) को तर्फबाट जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले टिमको नेतृत्व गर्ने छन् भने आदिवासी फुटबल क्लब (IFC) को तर्फबाट त्रि. वि. का प्रोफेसर तथा आदिवासी जनजाति अभियन्ता डा. कृष्ण भट्टचनले टिमको नेतृत्व गर्ने छन ।