दमकमा जारी ११२ औं राष्ट्रिय महिला भलिवल प्रतियोगितामा आर्मी, सशस्त्र, प्रहरी क्लव र न्यू डायमण्ड सेमिफाइनलमा

  • इछिङसा सङबाङफे

दमक २२ फागुन २०७८/ झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को दोस्रो दिन दोस्रो खेल आज सम्पन्न भएको छ ।


दमक नगरपालिका खेलकुद समितिको आयोजनामा दमकको पशुहाटमा ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित भलिवल प्रतियोगितामा आयोजक दमक भलिवल क्लवलाई दुई चरणको खेलमा हराएर न्यू डायमण्ड क्लव र प्रदेश नम्बर एकलाई पनि दुई चरणको खेलमा हराएर नेपाल प्रहरी क्लव सेमी फाइनलमा प्रवेश गरेको छ ।

 

भोलि नेपाल प्रहरी र त्रिभूवन आर्मी तथा सशस्त्र प्रहरी र न्यू डायमण्डबीच सेमी फाइनलको खेल हुने आयोजकले बताए ।

खेलमा प्रथम हुनेले दुई लाख, द्धितीय हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार र सान्तवना हुनेले २५ हजार नगद प्राप्त गर्ने छन् । राष्ट्रिय स्तरका महिला भलिवल टिमको सहभागितामा दमक नगरले पहिलो पटक दमक भलिवल कपको शुरुवात गरेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताउनु भएको हो ।

भोलि सोमबार पहिलो सेमी फाइनल विहान ९ र दोस्रो अपरान्ह २ बजे फोर्थ अफिसियल सदस्य प्रेम बाँस्तोलाले जानकारी दिनु भएको छ ।