सिंहदेवी आ.वि. दुर्दिम्बा अक्षयकोष दाताहरुलाई सम्मान

  • पोक्लाबाङ संवाददाता

मिक्लुङथुम २० फागुन /  सिंहदेवी आधारभूत विद्यालय हाङसारीमा एक कार्यक्रम गरी अक्षयकोष दाताहरुलाई सम्मान गरेको छ ।


शुक्रबार पान्थरको मिक्लाजङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बा हाङसारीमा अवस्थित सिंहदेवी आधारभूत विद्यालयको प्राङगणमा जिल्ला समन्वय समिति पान्थर सदस्य चन्द्र बहादुर चौंलागाईको प्रमुख आतिथ्यतामा अक्षयकोष दाताहरुलाई सम्मान पत्र र खदा ओडाएर सम्मान गरेको थियो ।

अक्षयकोषमा लक्ष्मी प्रसाद, पन्नावती, कला माखिमले २५ हजार एक सय पाँच, खडक बहादुर श्रेष्ठले १० हजार रुपैयाँ, डबल कुमारी माखिमले १५ हजार एक सय पाँच रुपैयाँ बराबरको रकम गत वर्षमा नै अक्षयकोष स्थापनाको लागि रकम जम्मा गरेका थिए ।

त्यसै गरी पुनः अक्षयकोषमा हर्क प्रसाद, नरमाया, रामकुमारी वाजीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र तुलसी,मुना श्रेष्ठले पाँच हजार दश रुपैयाँ कोषमा जम्मा गरेको र हालसम्म अक्षयकोषमा जम्मा एक लाख ६६ हजार दुई सय २६ रुपैयाँ साँवा मात्रै जम्मा भएको र सोहि कोषको साँवा रकमको व्याजद्धारा विद्यालयमा अध्ययनरत अपाङग, असहाय, गरिव, जेहेन्दार बालबालिका विद्यार्थीहरुलाई छात्रावृति प्रदान गरिने प्र.अ. यम बहादुर वाजीले वताए ।


सो विद्यालय संचालन गर्नको लागि चन्दादाताहरु सिंग बहादुर लिम्बू १/२ ठिक्का काठ पाँच हजार पाँच सय रुपैयाँ बराबरको र स्वः साइन कुमार माखिम (अतीत जिजीविषा) ५ जोड डेक्स बेञ्च २२ हजार रुपैयाँ बराबरको सहयोग गरेको छ ।

यसरी नै तत्कालिन प्र.अ.हरु स्वः श्री कृष्ण श्रेष्ठ, छविलाल माखिम, बम प्रसाद वाजीलाई विद्यालय स्थापनाको समयमा घरधुरी, चन्दा संकलन गरी अति न्यून तलव (पारिश्रमिक)मा शिक्षण गरेका शिक्षकहरुलाई योगदानको सम्मान गर्दै विद्यालयले सम्मान गरेको थियो ।


कार्यक्रममा विद्यालयको समसामयिक विषयको सुनुवाई विद्यालय प्र.अ. यम बहादुर वाजी, पान्थर मिक्लाजङ ८ दुर्दिम्बाका जननिर्वाचित वडाध्यक्ष रामेश्वर वाजी, भगवती माध्यमिक विद्यालय दुर्दिम्बा प्र.अ. हरि प्रसाद चौंलागाई र अक्षयकोष दाताद्धय लक्ष्मी प्रसाद माखिम र खडक बहादुर श्रेष्ठ लगायतले वोलेका थिए ।


कार्यक्रममा धर्मउद्धार आधारभूत विद्यालय दुर्दिम्बा धामडाँडा प्र.अ. भीमलाल नेपाली, नेकपा माओवादी केन्द्रं वडा समिति मिक्लाजङ ८ पान्थर अध्यक्ष मेघराज पङयाङगू समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सिंहदेवी आधारभूत विद्यालय, वि.व्य.स. अध्यक्ष बम प्रसाद वाजीको अध्यक्षता, स्वागत मन्तव्य शिक्षिका राज कुमारी राना मगरले राखेकी थिइन भने संचालन शिक्षक कुमार श्रेष्ठले गरेका थिए ।