- नरेश क्षितिज
प्रकाशपुर / सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा संचालित पिपलबोटे सहकारी संस्थाले वडा नं १० का विभिन्न ठाउँहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्नो घर वरपर सरसफाई गरौँ स्वस्थ जीवन विताऔँँ, वातावरण प्रदूषणबाट हुने विभिन्न रोग तथा संक्रमणबाट बचौँ र बचाऔँ भन्ने उद्देश्यका साथ फागुन १८ गते उक्त सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष बद्री बुढाथोकीको नेतृत्वमा भएको उक्त कार्यक्रममा सोहि संस्थाका संचालक पुष्कर पाण्डे, रामबाबु रौनियार, मिना कट्वाल, रुपनारायण दाहाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका सुनसरी जिल्ला सदस्य तथा वैज्ञानिक समाजवादी युवा संघका सुनसरी सदस्य अनिश कालिकोटे, समाजसेवी रविन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि सोहि संस्थाको आयोजनामा भोलि फागुन १९ गते प्रकाशपुर स्थित दुर्गा मन्दिर परिसरमा रक्तदान कार्यक्रम समेत गरिने भएकोले प्रकाशपुर बासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरिएको अनिश कालिकोले बताए ।