माईपूर्वका कियाचु झापा आजीवन भेला सम्पन्न

  • इछिङ्सा मुसाहाङ

 

विर्तामोड, १६, फागुन २०७८/  किरात याक्थुङ चुम्लुङ झापा माईपूर्व निवासी याक्थुङ – लिम्बूहरुको आजीवन तथा संरक्षक सदस्य भेला सोमबार सम्पन्न भएको छ ।

विर्तामोड स्थित सेन्टरपोइण्ट पार्टी प्यालेसमा कियाचु झापा जिल्ला शाखाको आयोजना तथा कियाचु विर्तामोड नगर शाखाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङको यहि फागुन २८, २९ र ३० गते पान्थर फेदेनमा सम्पन्न हुन लागि रहेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा सदस्य भेला गराई राय, सल्लाह, सुझाव सङकलन गरिएको हो ।

भेलामा आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने ६ वटा शीर्षकका एजेण्डा माथि छलफल गराइएको थियो । भेलामा उपस्थित आजीवन सदस्यहरूलाई ५ समूहमा विभाजन गरी छलफल गराइएको थियो । समूह १ का इन्द्रबहादुर इङनाम, समूह २ का दिपक मेन्याङबो, समूह ३ का सन्तोष चेम्जोङ, समूह ४ का दिलकुमार नेम्बाङ र समूह ५ का धर्म लक्सम्बाले समूगत रूपमा छलफलमा उठेका आवश्यक राय, सल्लाह, सुझाव प्रस्तुत गर्नु हुँदै समूहगत सुझाव पत्र केन्द्रीय सदस्यद्वय पूर्णबहादुर हाङस्रोङ र विष्णुमाया चेम्जोङलाई बुझाएका छन् ।

सदस्य भेलामा आसन्न राष्ट्रिय महाधिवेशनको सन्दर्भका सूचना,सन्देश र छलफलपत्रहरू माथि आएका सुझापत्र र छलफलका बहस छलफल शीर्षकमा केन्द्रीत रहि केन्द्रीय सदस्य पूर्ण बहादुर हाङस्रोङ र राष्ट्रिय चुम्लुङ सदस्य अमृत योङहाङले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए भने कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

भेला कार्यक्रममा केन्द्रीय सदस्यद्वय पूर्णबहादुर हाङस्रोङ र विष्णुमाया चेम्जोङ, राष्ट्रिय चुम्लुङ सदस्यद्वय अमृत योङहाङ र जनबहादुर चवेगु, पूर्व केन्द्रीय सदस्य, लिम्बुवान प्रदेश सल्लाहकार तथा चुम्लुङ जिल्ला शाखा सल्लाहकार राधा सुब्बा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा, कियाचु झापा जिल्ला उपाध्यक्ष काली बहादुर खेबाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन चुम्लुङ जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेका थिए ।