धरान, ०९ फागुन/ किरात याक्थुङ चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशनको पुर्व संघारमा एक परामर्श बैठक आयोजना सम्पन्न भएको छ ।
सोमबार चुम्लुङहिम धरान स्थित परामर्श बैठकमा पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय अध्यक्ष डकेन्द्र सिं थेगिम, युमा साम्यो महासभा केन्द्रीय महासचिव डा. रमेश इजम, पुर्व नगर प्रमुख मनोज कुमार मेन्याङबो, पुर्व उप प्रमुख मिन सुब्बा, नि.क्याम्पस प्रमुख चन्द्र फोम्बो, महेन्द्र क्याम्पस सह प्रध्यापक डा. मोहन तुम्बाहाङ, युमा साम्यो महासभा केन्द्रीय प्रतिनिधि देव इजम, सुमन चेम्जोङ लगायतले कियाचुको महाधिवेशनमा छलफल गर्नु पर्ने बुँदामा सुझाव प्रदान गरेका थिए ।
बैठकमा पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ, पुर्व नगर प्रमुख मनोज कुमार मेन्याङबो, पुर्व उप प्रमुख मिन सुब्बा, नि.क्याम्पस प्रमुख चन्द्र फोम्बो, महेन्द्र क्याम्पसका सह प्रध्यापक डा.मोहन तुम्बाहाङ, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिम, युमा साम्यो महासभा केन्द्रीय महासचिव डा. रमेश इजम, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति अध्यक्ष इन्द्र कुमार सेर्मा, युमा साम्यो महासभा केन्द्रीय प्रतिनिधि देव इजम, प्रकृति पुजक प्रतिनिधि सागर चेम्जोङ, याक्थुङ युवा मञ्च केन्द्रीय कोषाध्यक्ष घनश्याम थेवे, लिवि मञ्च प्रतिनिधि सरगम सागर चेम्जोङ, लिम्बु पत्रकार संघ कुशल कुरुम्भङ खजुम, लिम्बु सांस्कृतिक परिषद केन्द्रीय उपाध्यक्ष कुमार हुक्पा चोङबाङ, केन्द्रीय सचिव महेश हुक्पा चोङबाङ, याक्थुङ चलचित्रकर्मि संघ प्रदेश नं १ का अध्यक्ष नवीन मेन्याङबो, राजनीतिक कर्मीहरु आइन्द्र विक्रम वेघा, जेन्टल लाओती, विष्णु थाम्देन, सुमन चेम्जोङको उपस्थिति रहेको थियो । यसैगरी किरात याक्थुङ चुम्लुङका संस्थापक तथा केन्द्रीय सल्लाहकार नर प्रसाद लुम्फुङवा, हर्ष सुब्बा, दुर्गामाया लिम्बु, चन्द्र माया माबो, केन्द्रीय सदस्यद्वय संगिता सुब्बा, उत्तम लिङ्थेप, कियाचु सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ, सचिव ताजुब लिम्बु, धरान नगर अध्यक्ष पद्मा लिम्बु, सचिव जय सम्बाहाङ्फे, संचारकर्मी रेडियो धरानका स्टेशन मेनेजर सिंह मादेन, समाजसेवी उमेशचन्द्र पारघरी, दिलु वनेम आदि समेतको उपस्थिति रहेको थियो ।
किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङको अध्यक्षतामा जिल्ला सचिव ताजुव लिम्बुले संचालन गरेका थिए ।