प्रतिनिधि सभाको बैठक आउँदो फागुन १२ गते बस्ने

काठमाडौं / प्रतिनिधि सभाको बैठक आउँदो फागुन १२ गते बस्ने गरी बैठक स्थगित गरिएको छ ।

आइतबारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएपछि बैठक फागुन १२ गते बिहिबार बस्ने गरी स्थगित भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा टेबुल गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले आउँदो बिहिबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो ।