लिम्बुवान प्रान्तीय मन्च नेपाल आठराई त्रिवेणी १ निगुरादेन ताप्लेजङ वडा समिति गठन

आठराई, ७ फागुन /  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मन्च नेपाल ताप्लेजङ आठराई त्रिवेणी गा.पा वडा नंं. १ निगुरादेन वडा समिति गठन सम्पन्न भएको छ ।


शनिवार मञ्च संघीय लिम्बुवान प्रान्तीय मन्च नेपाल केन्द्रीय सदस्य राम पोमुको प्रमुख आतिथ्यतमामा भएको पार्टी प्रवेश तथा भेला बैठकले गन्जबिर गुरुङको अध्यक्षतामा ४३ सदस्यीय वडा समिति गठन गरेको छ । उपाध्यक्षमा मान ब देवली, सचिवमा राम कुमार गुरुङ, सहसचिवमा जगत पोमु, कोषाध्यक्षमा सरद कुमार पोमु रहेका छन् ।

कार्यक्रममा लिम्बुवान प्रान्तीय मन्च नेपाल केन्द्रीय सचिवालय तथा प्रदेश समन्वय समिति सचिव नवीन पोमु, सचिवालय सदस्य मुक्साम लाबुङ, रिता मादेन, प्रान्तीय समिति केन्द्रीय सदस्य अमृता गुरुङको समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा नेपाली कांग्रेस, ने.क.पा.एमाले र राप्रपा पार्टी लगायत विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन् ।