१ नंं. प्रदेशको नामकरणका लागि आगामी फागुन १० मा सर्वदलीय बैठक आह्वान

  • पोक्लाबाङ न्यूज

विराटनगर , ५ फागुन /  प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ ।

नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यस अघि प्रदेश नं. १ सरकारले बनाएको समितिको तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको बैठक २०७८ माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई नामकरणको लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो ।

आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउन बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो मौसम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङफे सहभागी छन् ।